विद्युत अपडेट

  • प्राधिकरण : ८४७२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३५६१ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४६२७९ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २२४३६ मे.वा.घन्टा
  • ट्रिपिङ : ० मे.वा.घन्टा
  • ऊर्जा माग : ६८३१२ मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९६१ मे.वा.
२०८३ असोज ३०, शुक्रबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल आयल निगमले विभिन्न रिक्त पदपूर्ति गर्न आवेदन माग गरेको छ । लोकसेवा आयोगबाट लिइने प्रतियोगितात्मक लिखित परीक्षा मार्फत पद पूर्ति गर्न आवेदन माग गरेको हो ।

रिक्त रहेको १२७ पद प्रतियोगिताद्धारा छनोट गरी स्थायी पूर्ति गर्नका लागि आवेदन माग गरिएको निगमले जनाएको छ । निगमका अनुसार खुल्ला प्रतियोगिताबाट ६० र आन्तरिक प्रतियोगिताबाट २० वटा पद पूर्ति गरिनेछ । यसैगरी, बाँकी ४७ पद ज्येष्ठता र कार्यसम्पादन मुल्याङ्कनको आधारमा बढुवा गरी पूर्ति गर्न आवेदन माग गरेको छ ।

खुल्ला तर्फ निर्देशकदेखि तहविहिनसम्मको ६० रिक्त पद पूर्ति गरिनेछ । आन्तरिक प्रतियोगितामार्फत ५ तहदेखि १० तहसम्मका र बढुवामार्फत ५ देखि ११ तहसम्मका कर्मचारी माग गरिएको छ ।

थप जानकारीका लागि

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३