विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । झापाको शिवसताक्षी नगरपालिकामा निर्माणाधीन १० मेगावाट सौर्य आयोजनाको काम अन्तिम चरणमा पुगेको छ । झापा इनर्जी लिमिटेडले ७ महिनाअघिदेखि निर्माण सुरू गरेको आयोजनाको काम सकिन लागेको हो ।

आयोजनाको सिभिल संरचना निर्माणकाे काम सकिएको कम्पनीका सचिव रामचन्द्र अर्यालले बताए । अहिले आयोजनामा प्यालन र इन्भर्टर जडान गर्ने काम भइरहेको छ ।

‘आयोजनाको सबै काम पूरा गरी दुई महिनाभित्र उत्पादन थाल्ने लक्ष्य छ,’ उनले ऊर्जाखबरसँग भने, ‘आयोजनाबाट यसअघि नै विद्युत उत्पादन गर्ने योजना भएपनि प्यानललगायतका उपकरणहरू आयोजनास्थलमा आइपुग्न ढिलो हुँदा उत्पादन अवधि थप भएको हो ।’ अहिले आयोजनाको अन्तिम चरणको कामहरू भइरहेको छ ।

आयोेजना सम्पन्न गर्न ९० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा दुई बैंकले ७० प्रतिशत ऋण लगानी गरेका छन् । बाँकी ३० प्रतिशत स्वपूँजी लगानी छ ।

आयोजनाको सबै काम पूरा गरी कात्तिकभित्र उत्पादन गर्ने लक्ष्य रहेको अर्यालले जानकारी दिए । आयोजनाबाट वार्षिक १७.६१ गिगावाट घन्टा विद्युत उत्पादन हुनेछ । उत्पादित विद्युत एक किलोमिटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणको बुलुचोक सबस्टेसनमा जोडिनेछ । सबस्टेसनसम्मको आवश्यक प्रसारण लाइन निर्माणकाे काम पनि सकिएको अर्यालले बताए ।

कम्पनीले आयोजनाको विद्युत खरिदका लागि प्राधिकरणसँग २०७८ मंसिर १२ गते विद्युत खरिद सम्झौता (पिपिए) गरेको थियो । सम्झौता अनुसार प्राधिकरणले प्रतियुनिट ७.३० रुपैयाँले विद्युत खरिद गर्नेछ ।

तीन वर्षअघि कम्पनी दर्ता गरी आयोजनाको निर्माण प्रक्रिया सुरु गरेको पनि अर्यालले जानकारी दिए । स्थलगत काम भने ७ महिनाअघि सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३