विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको विद्युत आम्दानी बढेपनि खुद नाफा भने घटेको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७९/८० को पहिलो त्रैमासको वित्तीय विवरणमा नाफा घटेको देखिएको हो । 

साउनदेखि असोजसम्मको अवधिमा ६८ लाख १६ हजार ३ सय १० रुपैयाँ आम्दानी गरेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार गत वर्षको तुलनामा ५८ करोड ६ लाख २५ हजार ३ सय ८६ रुपैयाँले नाफा घटेको हो । गत वर्ष यो अवधिमा कम्पनीले ५८ करोड ७४ लाख ४३ हजार ६ सय ९६ रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीले यो अवधिमा विद्युत बिक्रीबाट ६ करोड ३६ लाख २८ हजार ४ सय ३२ रुपैयाँ आम्दानी गरेको छ । गत वर्षको तुलनामा विद्युत बिक्रीबाट भएको आम्दानी भने बढेका छ । गत वर्ष १ करोड ३५ लाख ७५ हजार ३ सय ९ रुपैयाँ आम्दानी गरेको थियो । 

कम्पनीको सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रवती–३ जलविद्युत आयोजना सञ्चालनमा छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit