विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेशनल हाइड्रो पावर कम्पनी लिमिटेडको ४५ प्रतिशत लगानी रहेको तल्लो इर्खुवा खोला हाइड्रो पावर कम्पनी प्रालिले भोजपुरमा निर्माण गरिरहेको १४.१५ मेगावाटको तल्लो इर्खुवा खोला जलविद्युत् आयोजनाको काम ८० प्रतिशत पूरा भएको छ । जिल्लाको षडानन्द नगरपालिका र साल्पा सिलिचो गाउँपालिकामा संरचना रहने गरी निर्माणाधीन आयोजनाको काम अन्तिम चरणमा पुगेको हो ।

आयोजनाको, बाँध, सुरुङ, विद्युतगृह, हाइड्रो मेकानिल, इलेक्ट्रो मेकानिल उपकरण जडान लगायत सबै क्षेत्रका काम एकसाथ भइरहेको कम्पनीले जनाएको छ । आयोजनाको २४०० मिटर लामो सुरुङ खन्ने काम पूरा भएको छ । आयोजनाको इलेक्ट्रो मेकानिकल र हाइड्रो मेकानिकलको काम भइरहेको छ ।

आयोजनाको सिभिल संरचनामध्ये बाँध, बालुवा थिग्राउने ट्याङ्की, पेनस्टक पाइपको सर्पोट र एङ्कर ब्लक, विद्युतगृह, स्वीचयार्ड आदीको काम अनिल मल्ट्बिगाले थापबिएनटी जेभीले गरिरहेको छ । यस्तै, इलेक्ट्रो मेकानिकल उपकरणको डिजाइन, उत्पादन, ढुवानी, जडान तथा परीक्षणको लागि अन्तराष्ट्रिय प्रतिस्पर्धामा चिनियाँ कम्पनी चोङक्विङ वाटर टर्वाइन वक्स् (सिडब्लुटीडब्लु) ले गरिरहेको छ ।

आयोजनाको सबै काम सम्पन्न गरी आगामी २०८० भित्र उत्पादन सुरु गर्ने तालिका छ । यसअघि आयोजनाबाट २०७९ सालभित्र विद्युत् उत्पादन सुरु गर्ने तालिका भएपनि कोरोना महामारीका कारण सरकारले एक वर्ष समयअवधि थप गरेको  हो ।

आयोजना सम्पन्न भई उत्पादन हुने विद्युत् २२० केभी शितलपाटी सबस्टेसनमा जोड्ने योजना भएपनि शितलपाटी सबस्टेसन निर्माण सम्पन्न गर्न समय लाग्ने भएकोले वैकल्पिक रुपमा जोड्नका लागि लाइनको व्यवस्थाको काम भइरहेको पनि कम्पनीले जनाएको छ ।

शितलपाटी सबस्टेसन तयार नभएसम्म आयोजनाको विद्युत १६ किलोमिटर दुरीमा रहेको तुम्लिङटार सबस्टेसनमा जोडिनेछ ।आयोजना  सम्पन्न गर्न २ अर्ब ४३ करोड रुपैयाँ लागत अनुमान गरिएको छ । कोभिड–१९ लगायतका कारण आयोजनाको उत्पादन तालिका प्रभावित हुँदा लागत करिब २० प्रतिशतले बढ्ने कम्पनीले जनाएको छ । आयोजनाको लगानी बैंकको ऋण तथा स्वपुँजी लगानीबाट जुटाइएको छ । आयोजनामा माछापुच्छ्रे बैंकको अगुवाईमा नेपाल एसबिआई र ज्योति विकास बैंकले १ अर्ब ७२ करोड रुपैयाँ ऋण लगानी गरेका छन् । ७१ करोड रुपैयाँ स्वपुँजी लगानी छ ।

आयोजनाको मुख्य प्रवर्द्धक नेशनल हाइड्रोले १८ वर्षदेखि सिन्धुपाल्चोकमा ७.५ मेगावाटको इन्द्रावती तेस्रो निर्माण गरी सञ्चालन गरिरहेको छ । नेशनल हाइड्रोले सिन्धुपाल्चोकमै ४.५ मेगावाटको तल्लो इन्द्रावतीको अनुमति पाएको छ । कम्पनीको यो आयोजनाको पनि निर्माण सुरु गरेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit