विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । बाजुराको बडीमालिकादेखि कोल्टीसम्म ३३ केभी क्षमताको वितरण लाइन निर्माण हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गर्न लागेको उक्त वितरण लाइनको लम्बाइ २७.२४ किलोमिटर हुने छ । लाइन निर्माणका लागि अनुमति माग गर्दै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ । 

बडीमालिका नगरपालिका–९ मा निर्माणाधीन मार्तडी सबस्टेसनदेखि बुढीनन्दा नगरपालिका–१ मा निर्माण हुने ३ एमभीए क्षपताको ३३÷११ केभी कोल्टी सबस्टेसनसम्म लाइन निर्माृण गरिने प्राधिकरणले जनाएको छ । 

उक्त सिङ्गल सर्किट लाइनबाट १३.४ मेगावाटसम्मको विद्युत शक्ति प्रवाह गर्न सकिने छ ।

यही लाइन आयोजना अन्तर्गत बडीमालिका नगरपालिका र बुढीनन्दा नगरपालिकामा ११ केभी र लो भोल्टेजका वितरण लाइनहरू समेत निर्माण गरिने भएको छ ।

जम्मा ७२० वटा स्टिल टोबुलर पोलहरू रहने लाइनमा पोलको उचाइ १३ मिटर तथा पोलहरू बीचको औसत दूरी ५० मिटर हुनेछ । त्यस्तै, आयोजनाको पोल तथा वितरण लाइन निर्माण गर्न राइट अफ वे र फाउन्डेसनका लागि १७.००४ हेक्टर जग्गा आवश्यकता हुने प्राधिकरणले जनाएको छ । 

वितरण लाइन आयोजनाको निर्माण १२ महिनाभित्र सक्ने लक्ष्य रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३