विद्युत अपडेट

  • प्राधिकरण : ९२७६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३०५४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३५११४ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १७०८५ मे.वा.घन्टा
  • ट्रिपिङ : १५० मे.वा.घन्टा
  • ऊर्जा माग : ५७५९४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६३३ मे.वा.
२०८१ भदौ २३, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले देशका विभिन्न ठाउँमा ३३ केभीका विभिन्न ६ वटा विद्युत् वितरण लाइन निर्माण गर्ने भएको छ । प्राधिकरणले दाङ, रोल्पा, रुकुम पूर्व, बैतडी र बाजुरामा लाइन निर्माण हुने भएका हुन् ।

दाङको घोराही उपमहानगरपालिका–३ झिन्नी ग्रिड सबस्टेनको ३३ केभी फिडरबाट ट्यापिङ गरी सोही जिल्लाो बंगलाचुली गाउँपालिका–३ मा निर्माण गरिने बचेनी सबस्टेशनसम्म जम्मा १९.७ किलोमिटर लाइन निर्माण गरिने भएको हो । उक्त झिन्नी–मुकुर्टी आयोजनमा ४८८ वटा स्टिल पोल प्रयोग गरिने जनाइएको छ । यो वितरण लाइनको निर्माण २४ महिनाभित्र सक्ने लक्ष्य प्राधिकरणले राखेका छ । यसका लागि अनुमति पत्र माग गर्दै प्राधिकरणले विद्युत् विकास विभागमा आवेदन दिएको छ । 

प्राधिकरणले रोल्पाको थवाङ–१ मा प्रस्तावित सबस्टेशनदेखि रुकुम पूर्वको भूमे हुँदै सिस्ने–५ सम्म २५.२३ किलोमिटर लामो ‘थावाङ–रुकुमकोट–काँक्री’ वितरण लाइन निर्माण गर्न अनुमति माग्दै विभागमा आवेदन दिएको छ । उक्त लाइनबाट १३.४ मेगावाट विद्युत् प्रवाह गर्न सकिन्छ । आयोजनाको निर्माण २४ महिनामा पूरा गर्ने लक्ष्य लिइएको छ । 

त्यस्तै, बैतडीमा पिपलकोट–सिल्लेगडा ३३ केभी १०.२३ किलोमिटर प्रसारण लाइन निर्माण हुने भएको छ । बैतडीको दोगडाकेदार गाउँपालिाक–४ देउना हुँदै चमेलिया–गोठालापानी ३३ केभी फिडरबाट ट्यापिङ गरी सोही गाउँपालिकाको ३ नम्बर वडामा निर्माण हुने ३३/११ केभी सिल्लेगडा सबस्टेशनमा जोड्ने गरी बनाउन लागिएको हो । १२ महिनाभित्र निर्माण पूरा गर्ने लक्ष्यसहित यो आयोजना अघि बढाउन प्राधिकरणले विद्यत् विकास विभागमा आवेदन दिएको छ । 

प्राधिकरणले बैतडीमै सिगास–सुर्नैया प्रसारण लाइनसमेत निर्माण अघि कढाउने भएको छ । जिल्लोको सिगास गाउँपालिका–१ बिन्द्रावन हुँदै स्याउले–बाग्थला ३३ केभि फिडरबाट ट्यापिङ गरी बिन्द्रावन सवस्टेशनसम्म जम्मा ०.१८३ किलोमिटर सबस्टेशन निर्माण हुने भएको हो । ११ केभी तथा तल्लो भोल्टेजका वितरण लाइन समेत निर्माण गरिने यो आयोजना २४ महिनाभित्र पूरा गर्ने प्राधिकरणको लक्ष्य छ ।

प्राधिकरणले बाजुरामा त्रिवेणी–बुढीगंगा ३३ केभी सबस्टेशन निर्माण गर्ने भएको छ । जिल्लाको बुढीगंगा नगरपालिका–६ त्रिवेणी हुँदै जाने झकाले–मार्तडी ३३ केभी फिडरबाट ट्यापिङ गरी सोही पालिकाको ६ नम्बर वडामा पर्ने सैलमा प्रस्तावित ३३/११ केभी सबस्टेशनसम्म जम्मा ०.०२ किलोमिटर लामो लाइन निर्माण गरिने भएको हो । यही आयोजना अन्तर्गत नै ११ केभी तथा तल्लो भोल्टेजका वितरण लाइन समेत निर्माण गरिने छ । आयोजना २४ महिनाभित्र पूरा गर्ने लक्ष्यसहित प्राधिकरणले अनुमतिका लागि विभागमा आवेदन दिएको छ । 

त्यस्तै बाजुरामै बडिमालिका–कोल्टी ३३ केभी वितरण लाइन निर्माण हुने भएको छ । २७ किलोमिटर लामो उक्त प्रसारण लाइनको निर्माण २७ महिनामा निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएाको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३