विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कोरोना (कोभिड–१९) महामारीको संक्रमण नियन्त्रणका लागि लगाइएको निशेधाज्ञाका कारण लमजुङमा निर्माण सम्पन्न २५ मेगावाटको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजनाको परीक्षणमा ढिलाई भएको छ । निशेधाज्ञामा इलेक्ट्रोमेकानिकल उपकरण आयात तथा जडानकर्ता कम्पनीका प्राविधिकहरू आयोजना स्थलसम्म पुग्न नसकेपछि परीक्षण सुरु गर्न ढिलाई भएको हो ।

गत बैशाख तेस्रो साताबाट आयोजनाको संरचनामा पानी भरी परीक्षण सुरु गर्ने योजना थियो । आयोजना स्थलसम्म पुग्ने पासको व्यवस्थापन हुन नसक्दा समयमा परीक्षण सुरु गर्न नसकेको प्रवर्द्धक लिबर्टी हाइड्रो इनर्जी कम्पनीका प्रबन्ध निर्देशक आत्माराम घिमिरेले बताए ।

‘आयोजनाको उपकरण परीक्षण सकेर संरचनामा पानी भर्ने तयारी गर्दै थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘यही बेला निशेधाज्ञा लाग्यो । हामी र ठेकेदार कम्पनीका प्राविधिकहरू कोही पनि आयोजना स्थलसम्म पुग्न सकेका छैनौं । यही कारण परीक्षण सुरु गर्ने तालिका पनि प्रभावित हुन पुग्यो ।’

उनले ऊर्जा क्षेत्रका आयोजनाको काम नरोकिने भने पनि सरकारले सहजीकरण नगरिदिँदा माथिल्लो दोर्दीमा निशेधाज्ञाको प्रभाव परेको बताए ।सरकारले आयोजना स्थलसम्म पुग्ने पासको व्यवस्था गरेर सहजीकरण गरिदिए मात्रै चाँडै परीक्षण सुरु गर्न सकिने पनि उनले बताए ।

निशेधाज्ञाअघि आयोजनाको संरचनामा पानी भरेर आन्तरिक परीक्षण गर्ने र यो सफल भएपछि नेपाल विद्युत प्राधिकरणको प्राविधिक टोलीबाट परीक्षण गराएर ग्रिडमा जोड्ने योजना थियो । विद्युत प्राधिकरणले दोर्दी कोरिडोको कीर्तिपुर–उदिपुर प्रसारण लाइनको निर्मण पूरा गरिसकेकाले आयोजनाको परीक्षण सुरु गर्ने तयारी गरिएको थियो ।

आयोजनाको विद्युत मध्यमर्स्याङ्दीकाे स्वीचयार्डसम्म पुर्याउने २२० केभी उदिपुर–मार्कीचोक प्रसारण लाइन भने पूरा भइसकेको छैन । प्राधिकरणले यो प्रसारण लाइन जेठभित्र सम्पन्न गरी सञ्चालनमा ल्याउने जनाएको छ ।

विद्युत प्राधिकरणसँग प्रसारण सम्झौता (कनेक्सन एग्रिमेन्ट) हुँदा आयोजनाको विद्युत उदिपुर सबस्टेसनमा जोड्ने भनिएको थियो । प्राधिकरणले उदिपुर सबस्टेसन बनाइ नसकेकाले आयोजनाको विद्युत कीर्तिपुर सबस्टेसनमार्फत उदिपुर–मार्कीचोक–भरतपुर खण्डको ६ किलोमिटर प्रसारण लाइनको प्रयोग गरी मध्यमर्स्याङ्दीकाे स्वीचयार्डमा पुर्याइने भएको छ ।

उदिपुर सबस्टेसन पूरा भइसकेपछि फेरि यही सबस्टेसनमा जोडिने छ । प्राधिकरणले विद्युत उत्पादनका लागि असार मसान्तसम्मको समय दिएको छ । आयोजनाबाट २०७६ चैतदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । तर, प्रसारण लाइनको समस्याकै कारण आयोजनाको उत्पादन १६ महिना ढिलो गरी सुरु हुने तयारीमा छ ।

आयोजना सम्पन्न गर्न ४ अर्ब ६४ करोड ६१ लाख रुपैयाँ खर्च भएको छ । आयोजना सञ्चालनमा आएपछि वार्षिक १३ करोड ६७ लाख ८४ हजार ८ सय ६९ युनिट विद्युत उत्पादन हुनेछ । विद्युत उत्पादन सुरु भएको पहिलो वर्षमा करिब ८० करोड रुपैयाँ आम्दानी हुने प्रक्षेपण गरिएको छ ।

दोर्दी कोरिडोरमा माथिल्लो दोर्दी ‘ए’सँगै ५४ मेगावाटको सुपर दोर्दी ‘ख’, १२ मेगावाटको दोर्दी–१, २७ मेगावाटको दोर्दी खोला लगायत आयोजना निर्माणाधीन छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit