विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख १८, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सरकारले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसहित ४ जना सचिवको जिम्मेवारी हेरफेर गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

सरकारले ऊर्जाका सचिव दिनेशकुमार घिमिरेलाई राष्ट्रिय सतर्कता केन्द्रमा र केन्द्रका देवेन्द्र कार्कीलाई ऊर्जाको जिम्मेवारी तोकेको छ । यस्तै, वन तथा वातावरण मन्त्रालयमा डा. पेमनारायण कँडेल र बागमती प्रदेशको प्रमुख सचिवमा मुकुन्दप्रसाद पौड्यालको सरुवा भएको छ ।

ऊर्जा मन्त्रालय र मातहतका निकायमा झन्डै साढे दुई दशक विभिन्न जिम्मेवारी सम्हालेका इलेक्ट्रिकल इन्जिनियर घिमिरेलाई सम्भवतः पहिलो पटक सम्बन्धितभन्दा बाहिरको निकायमा जिम्मेवारी तोकिएको छ । उता सिभिल इन्जिनियर कार्कीले सडक विभागको महानिर्देशक हुँदै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, जल तथा ऊर्जा आयोग, सतर्कता केन्द्रको सचिव हुँदै ऊर्जा सचिवको जिम्मेवारी सम्हाल्न पुगेका छन् ।

आफूले बुधबार दिउँसो मात्र ऊर्जा तथा जलस्रोत मन्त्रालयमा सरुवा भएको पत्र पाएको कार्कीले ऊर्जा खबरलाई बताए । २–३ दिनपछि अर्थात् ऊर्जाका निवर्तमान सचिव घिमिरेसँग समन्वय गरेर आफूले जिम्मेजारी सम्हाल्ने उनको भनाइ छ । उता सचिव घिमिरे भने मन्त्रालयको कामले प्रदेश १ को भ्रमणमा रहेको मन्त्रालयले जानकारी दियो ।

घिमिरे २०७५ पुस ९ गते सोमबार सचिवमा बढुवा भएका हुन् । उनको सचिवको कार्यकाल अब करिब २ वर्ष ८ महिना बाँकी छ । यस्तै, कार्कीको कार्यकाल करिब १३ महिना बाँकी छ । सरकारको विशिष्ट श्रेणी अर्थात् सचिवमा कार्यरत रहेको ५ वर्षपछि अनिवार्य अवकाश हुने प्रावधान छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit