विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । रामेछापको लिखु नदीमा निर्माण भइरहेको ५२.४ मेगावाटको लिखु–४ जलविद्युत आयोजना ८० प्रतिशत पूरा भएको छ । २०७४ सालदेखि निर्माण सुरु भएको यो आयोजना सम्पन्न हुने चरणमा पुगेको हो ।

आयोजनाको बाँध क्षेत्रका संरचना निर्माणको काम सकिएकाे प्रवर्द्धक ग्रीन भेन्चर कम्पनीका प्रबन्धक बद्री रिजालले बताए । उनका अनुसार खनेर सकिएको ४ किलोमिटर लामो मुख्य सुरुङमा ढलान भइरहेको छ ।

‘विद्युतगृहमा पनि इलेक्ट्रोमेकानिकल उपकरण जडानको काम सुरु भएको छ,’ उनले ऊर्जा खबरसँग भने, ‘अबको ३ महिनाभित्रमा सबै काम सम्पन्न गरिसक्छौं ।’ उनले अहिलेसम्ममा आयोजना सम्पन्न भई सञ्चालनमा आइसक्नुपर्ने भए पनि कोरोना (कोभिड–१९) महामारीका कारण लामो समय निर्माण प्रभावित हुँदा विद्युत उत्पादनको तालिका धकेलिएको बताए ।

यसअघि आयोजनाबाट २०७७ कात्तिकदेखि विद्युत उत्पादन सुरु गर्ने तालिका थियो । कोरोना महामारीको बेला सरकारले गरेको लकडाउन तथा निशेधाज्ञाका कारण ६ महिनाभन्दा बढी समय निर्माण प्रभावित हुन पुगेको कम्पनीले जनाएको छ । त्यसपछि पनि निर्माण सामाग्री र कामदार अभावमा निर्माणले गति लिन सकेको थिएन ।

अवस्था सामान्य भएपछि सबै संरचनाको निर्माणलाई गति दिएर आयोजना अन्तिम चरणमा पुर्याएको रिजालले बताए । आयोजनाको बाँकी काम सम्पन्न गर्न अझै ३ देखि ४ महिनाको समय लाग्ने उनले बताए ।

निर्माण सम्पन्न भएपछि आयोजनाबाट विद्युत उत्पादन सुरु गरिनेछ । आयोजनाले उत्पादन गर्ने विद्युत १७ किलोमिटर टाढाको २२० केभी न्यू खिम्ती सबस्टेसनमा लगेर जोडिनेछ । सबस्टेसनसम्म आवश्यक प्रसारण लाइन कम्पनीले निर्माण गरिरहेको छ ।

यो आयोजना सम्पन्न गर्न सुरुमा ९ अर्ब ५४ करोड रुपैयाँ लागत अनुमान गरिएकोमा निर्माण अवधि लम्बिँदा बढेर १० अर्ब रुपैयाँ पुग्ने कम्पनीले जनाएको छ । सुरुमा यो आयोजनाको क्षमता १ सय २० मेगावाट हुने गरी डिजाइन तयार गरिएको थियो । पछि १ सय २० मेगावाट क्षमतामा निर्माण गर्न सम्भव नदेखिएपछि घटाएर ५२.४ मेगावाट बनाइएको हो ।

लिखु नदीमा निजी क्षेत्रले लिखु–४ सहित ३ सय ५१ मेगावाटका आयोजना निर्माण गरिरहेको छ । यी आयोजनाको कूल लागत ७० अर्ब रुपैयाँ छ । अहिलेसम्म ५ सय मेगावाटका जलविद्युत आयोजनाको अनुमतिपत्र जारी भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit