विद्युत अपडेट

  • प्राधिकरण : ४४८४ मे.वा.घन्टा
  • सहायक कम्पनी : २६३४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९९३२ मे.वा.घन्टा
  • आयात : १४०८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २३२० मे.वा.घन्टा
  • ऊर्जा माग : ३३४५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१२ मे.वा.
२०८० चैत ६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपालगन्ज वितरण केन्द्र अन्तर्गत  २ फिडरकाे विद्युत लाइन काटिएकाे छ । बाेर्डर र ग्रामीण फिडरबाट वितरण हुने सेवा ६ घन्टाका लागि बन्द गरिएकाे हाे ।

बाेर्डर फिडरकाे भृकुटीनगर  ट्रान्सफर्मरको सेवा बन्द गरिएकाे वितरण केन्द्रले जनाएकाे छ । वितरण केन्द्रकाअनुसार भृकुटीनगर क्षेत्रमा कन्डक्टर अपग्रेड गर्न ट्रान्सफर्मर बन्द गरिएको छ ।

यस्तै, ग्रामीण फिडर अन्तर्गत डुडुवा गाउँपालिका बेतहनी क्षेत्रमा फेज थप गर्नका लागि बेतहनी ट्रान्सफर्मरको सेवा बन्द गरिएको छ। बिहान ११ बजेबाट अवरुद्ध विद्युत सेवा सेवा साँझ ५ बजेबाट पुनः सुचारु हुनेछ । आपूर्ति बन्द हुँदा यी ट्रान्सफर्मरबाट वितरण हुने क्षेत्रकाे विद्युत सेवा प्रभावित भएकाे छ ।

मेघौली र नारायणी फिडरको कन्डक्टर अपग्रेड गर्न ६ ट्रान्सफर्मरको सेवा बन्द

चनौली वितरण केन्द्रले ११ केभी मेघौली र नारायणी फिडरको कन्डक्टर अपग्रेड गर्न ६ वटा ट्रान्सफर्मरबाट वितरण हुने सेवा बन्द गरेको छ । केन्द्रले बिहान साढे १० बजेदेखि भरतपुर–२५ को बसकठा, बोटे तथा भरतपुर–२६ को हिरापुर, सिसुवार, कोइला, डेलिस डेरी ट्रान्सफर्मरको सेवा बन्द गरेको हो । 

यी ट्रान्सफर्मरको विद्युत सेवा शुक्रबार पनि बन्द हुने केन्द्रले जनाएको छ । अवरुद्व सेवा दैनिक साँझ साढे ५ बजेबाट सुचारु हुनेछ । 

पनौती फिडरको पनि विद्युत सेवा अवरुद्व

काभ्रे वितरण केन्द्रले सडक विस्तारको काम भइरहेकोले विद्युतीय संरचना स्थानान्तरण गर्नका लागि पनौती फिडरको विद्युत सेवा बन्द गरेको छ । चौकोट, धालमले, पनौती, कुशादेबी, रोशी, मल्पी, जोरघट्टे, कलाती, मानेदोभान, खड्कगाँउ, रोयले, बोहोरे एरीयामा सडक विस्तारका लागि विद्युतीय संरचनाको स्थानान्तरण गर्न ८ घण्टाका लागि सेवा बन्द गरिएको छ । 

अवरुद्व सेवा साँझ ५ बजेबाट सुचारु हुनेछ । सेवा बन्द हुँदा पनौतीको खोपासी जाने पुलदेखि फिर्फिर डाँडा भण्डारी गाउँ जाने चोकसम्मका क्षेत्र प्रभावित भएकाे छ। तोकिएको समयअगावै काम सम्पन्न भने छिट्टै सेवा सुचारु गर्ने प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit