विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । बेतन कर्णाली सञ्चयकर्ता हाइड्रो पावर कम्पनी लिमिटेडले ४३९ मेगावाटको बेतन कर्णाली अर्धजलाशय आयोजनाको निर्माण एक वर्षपछि सुरु गर्ने भएको छ । कर्मचारी सञ्चय कोषको अगुवाइमा निर्माण हुने लागेको आयोजनाको निर्माण २०८० पुसदेखि सुरु हुने भएको हो ।

आयोजनाको प्रारम्भिक काम पूरा गरेर २०८० पुस (सन् २०२३ अन्तिम) बाट सिभिल संरचनाको काम सुरु गर्ने योजना रहेको कम्पनीले जनाएको छ । कम्पनीले आयोजनाको सुपरीवेक्षणका लागि अन्तराष्ट्रिय परामर्शदाता नियुक्तीको पूर्वयोग्य छनौट गर्न आशयपत्र मागेको छ ।

परामर्शदाता नियुक्तिपछि सिभिल लगायत आयोजनाको अन्य संरचनाको निर्माण गर्न ग्लोबल टेन्डर आह्वान हुने बेतन कर्णालीका प्रबन्ध सञ्चालक दीपक रौनियारले बताए । उनका अनुसार पूर्वयोग्यता छनौटको काम पूरा भएपछि परामर्शदाताका लागि अन्तर्राष्ट्रिय बोलपत्र गरिनेछ ।

आयोजनाको काम २०२८ भित्र सक्ने लक्ष्य रहेको पनि रौनियारले बताए । आयोजनाको विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) एनइए इन्जिनियरीङ कम्पनीले तयार पारेको हो । डिपिआरका अनुसार आयोजना निमाण पूरा गर्न ब्याजसहित ८८ अर्ब रुपैयाँ लाग्नेछ ।

आयोजनाबाट वार्षिक २ अर्ब ४० करोड युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ । कम्पनीले विद्युत बिक्रीबाट पहिलो वर्ष १४ अर्ब ५० करोड ३१ लाख र नौ वर्षपछि १८ अर्ब ३७ करोड २१ लाख रुपैयाँ वार्षिक आम्दानी गर्ने अनुमान छ ।

आयोजनामा ग्लोबल आइएमई बैंकको अगुवाईमा सहवित्तियकरणको सहनेतृत्वमा सनराइज बैंक र नेपाल इन्फ्रास्ट्रक्चर बैंक निफ्रा) को लगानी रहेको छ । ग्लोबल आइएमईले बनाएको सहवित्तियकरणमा अन्य बैंक पनि सहभागी हुनेछन् ।

आयोजनामा बैंकहरूको ५४ अर्ब रुपैयाँ र बाँकी २० अर्ब स्वपूजी लगानी रहनेछ । अहिले बैंकको लगानी आवश्यक नपर्ने रौनियारले बताए । स्वपूँजीको ६० प्रतिशत खर्च भएपछि मात्र बैंकबाट ऋण लिने योजना रहेको पनि रौनियारले बताए ।

‘अहिले बैंकिङ प्रणालीमा तरलता संकटले ब्याजदर बढेको छ, हाल बढेको ब्याजदर पछि घट्ने अनुमान छ’ उनल भने । आयोजनाबाट उत्पादित विद्युत राष्ट्रिय ग्रिड प्रसारण कम्पनीले लिमिटेडले बनाउन लागेको ४०० केभी कर्णाली कोरिडोरमा जोडिनेछ ।

आयोजनाको बाँधस्थल अछाम ढकेरी गाउँपालिका–६ मालुमेला तथा सुर्खेत चौकुने गाउँपालिका–६ र विद्युतगृह अछाम ढकारी गाउँपालिकामै पर्ने टटालीघाटमा रहनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit