विद्युत अपडेट

  • प्राधिकरण : ९३८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : १७८१९ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७९१० मे.वा.घन्टा
  • आयात : ११९ मे.वा.घन्टा
  • निर्यात : १९७५५ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७५२३६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३३८१ मे.वा.
२०८३ भदौ १५, सोमबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । नेपाल विद्युत प्राधिकरणमा कार्यरत मिटर रिडर संघर्ष समितिले गोटा गन्ति मिटर रिडरलाई प्राधिकरणको ज्यालादारी कर्मचारी बानाउन माग गरेका छन् । मिटर रिडरलाई गोटा ठेक्काको मान्छे हुन भन्दै अपमानपुर्ण व्यवहकार भएको भन्दै केन्द्रीय कार्यालयलाई ध्यानकर्षण पत्र बुझाउँदै समितिले यस्तो माग गरेको हो । 

मिटर रिडरहरुलाई प्राधिकरणको ज्यालादारी सरह एकै प्रकारको ज्यालादारी कर्मचारी बनाउन माग गरिएको समितिले जनाएको छ । समितिको अनुसार विद्युतको बक्यौता चुहावट संकलन गर्ने ग्राहक सँग प्रत्यक्ष समन्वयमा इमान्दारी पुर्वक काम गर्दै आउँदा पनि व्यवस्थापनले गोटा गन्ती करार गरेको भन्दै गोटा गन्ति शब्दमा संविधानले दिएको हकलाई सम्म वेवास्ता गरेको समितिको आरोप छ ।

समितिले आगामी ७ दिनभित्र माग सम्बोधन नभए आन्दोलन सुरु गर्ने चेतावनी दिएको छ । लामो समयदेखि कार्यरत रहेर प्राधिकरणको हरेक कामकाजमा उत्साहपूर्ण र सक्रियरुपमा सहभागी भए पनि मिटर रिडरलाई वेवास्ता गर्दै आएको समितिले जानाकारी दिएको छ । अन्यथा सम्पूर्ण देशभरिका प्राधिकरणले एकिन गरेको श्रमजीवि गोटा गन्ति रिडरहरु सम्पूर्णलाई मासिक ज्यालादारी नगरेकाेले गत असार देखि चलिरहेको आन्दोलनलाई अझ शशक्त बनाउँदै लाने ध्यानकर्षण पत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३