विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नदी-खोलानालामा पानीको बहाव घट्दा जलविद्युत केन्द्रहरूबाट विद्युत उत्पादन कम भएसँगै भारततर्फको विद्युत निर्यात रोकिएको छ । नेपाल विद्युत प्राधिकरणले नदी तथा खोलामा पानीको सतह कम भई नदी प्रवाहीमा आधारित (आरओआर) जलविद्युतगृहको उत्पादन घटेपछि निर्यात रोकेको हो ।

चिसो बढ्दा काठमाडौं उपत्यकालगायतको विद्युत माग बढेको तर खोलानालामा पानीको बहाव घट्दा  नदी प्रवाहमा आधारित जलविद्युत केन्द्रहरूबाट उत्पादन कम भएसँगै विद्युत निर्यात बन्द भएको प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बताए । उनका अनुसार आन्तरिक जलविद्यतगृहको उत्पादनले आपूर्ति व्यवस्थापन हुन नसकेपछिट आयात सुरु गरिएको छ । 

देशभित्रको उत्पादन घट्दा हिउँदयामका करिब चार महिनाको विद्युत माग धान्न भारतबाट विद्युत आयात गर्नु पर्ने वाध्यात्मक अवस्था रहेको छ । घिसिङले वैशाख अन्तिम/जेठको पहिलो हप्ताबाट फेरि विद्यत निर्यात सुरु हुने बताए ।

‘देशभित्रको उत्पादन घट्दा आन्तरिक माग धान्न दैनिक रुपमा विद्युत आयात सुरु भएको छ, विद्युत आयात करिब ४ महिनासम्म रहने हाम्रो प्रक्षेपण छ, तर विद्युत आयात परिमाण निर्यात भन्दा कम हुनेछ,’ उनले भने, ‘विगतका वर्षहरूमा विद्युत निर्यात परिमाण आयात भन्दा कम हुने गरेकोमा यस वर्षबाट निर्यात बढी र आयात कम हुनेछ, विद्युत निर्यात र त्यसबाट प्राप्त हुने रकम दुवैमा हामी खुद निर्यातकर्ता बन्नेछौं ।’

प्राधिकरणले आइएक्सको प्रतिस्पर्धी बजारमा विद्युत बिक्री र खरिद गर्दै आएको छ । ‘आइएक्सबाट मात्र खरिद गर्ने या उत्पादकहरूसँग छोटो अवधिको विद्युत खरिद सम्झौता गरी आयात गर्ने भन्ने बारेमा छलफल भइरहेको छ, यसका लागि बजार अध्ययन गरिरहेका छौं’ उनले भने ।

यो वर्ष (२०७९ साल) को ७ महिनामा ११ अर्ब १६ करोड ३० लाख रुपैयाँको विद्युत भारत निर्यात भएको छ । देशभित्र खपत गरी अतिरिक्त भएको एक अर्ब ३५ करोड ७७ लाख ५७ हजार युनिट विद्युत निर्यात गरी ११ अर्ब १६ करोड ३० लाख रुपैयाँ आर्जन गरेको छ ।

प्रााधिकरणले देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको विद्युत गत जेठ १९ गतेबाट इन्डियन इनर्जी एक्सचेन्ज लिमिटेड (आइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत बिक्री सुरु गरेको थियो । भारतसँगको विद्युत व्यापार भारतीय रुपैयाँ (भारु) मा हुने भएकोले यस अवधिमा विद्युत बिक्रीबाट ६ अर्ब ९७ करोड ६९ लाख भारु नेपाल भित्रिएको छ ।

सुरुमा दुईवटा  जलविद्युत केन्द्रहरूबाट उत्पादित ३९ मेगावाट विद्युतलाई स्रोत मानी दैनिक रुपमा आइएक्समा बिक्री सुरु गरिएको थियो । त्यसपछि जेठ २७ गतेबाट ६ वटा जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी दैनिक रुपमा ३६४ मेगावाट भारतीय बजारमा प्रतिश्पर्धी दरमा बिक्री गरिएको थियो ।

प्राधिकरणले गत कात्तिक १८ र  ३० गतेबाट थप दुई जलविद्युत केन्द्रबाट उत्पादित विद्युत निर्यात गर्न स्वीकृति पाएको थियो । योसँगै आठ जलविद्युत केन्द्रबाट उत्पादित विद्युतलाई स्रोत मानी भारततर्फ निर्यात हुने विद्युतको स्वीकृति क्षमता ४०८ मेगावाट रहेको छ ।

प्राधिकरणले गत आर्थिक वर्ष २०७८/७९ को जेठ तथा असारमा २९ करोड ९१ लाख युनिट विद्युत निर्यात गरी दुई अर्ब ८३ करोड ८८ लाख रुपैयाँ आम्दानी गरेको छ । चालू आर्थिक वर्ष २०७९/८० को ३ पुससम्ममा १ अर्ब ५ करोड ८६ लाख ३४ हजार युनिट विद्युत निर्यात गरी ८ अर्ब ३२ करोड ४२ लाख ४० हजार रुपैयाँ आर्जन गरिएको छ ।

विद्युत निर्यातकाे विवरण रकममा

महिना निर्यात ऊर्जा (युनिट) भारु नेरु औसत दर प्रतियुनिट (नेरु)
जेठ ६ कराेड ५९ लाख १९ हजार ५० कराेड ४ लाख ८० कराेड ६ लाख १२.१५
असार २३ कराेड ३२ लाख ४ हजार १ अर्ब २७ कराेड ३८ लाख २ अर्ब ३ कराेड ८१ लाख ८.७४
साउन ३४ कराेड २६ लाख ८३ हजा्र १ अर्ब २५ कराेड ८० लाख २ अर्ब १ कराेड २७ लाख ८.२९
भदाै २४ कराेड ६७ लाख ८५ हजार १ अर्ब ४९ कराेड ९२ लाख २ अर्ब ३९ कराेड ८८ लाख ९.७२
असाेज २६ कराेड ६५ लाख २७ हजार १ अर्ब ९ कराेड ६१ लाख १ अर्ब ७५ कराेड ३८ लाख ६.५८
कात्तिक २० कराेड ७४ लाख १९ हजार ८६ कराेड ६० लाख १ अर्ब ३८ कराेड ५५ लाख ६.६८
मंसिर ९ कराेड ४८ लाख ४८ हजार ४८ कराेड ५ लाख ३९ हजार ७६ कराेड ८८ लाख ६२ हजार ८.११
पुस ३ लाख ७२ हजार २८ लाख ५१ हजार ४५ लाख ६२ हजार १२.२६
जम्मा १ अर्ब ३५ कराेड ७७ लाख ५७ हजार ६ अर्ब ९७ कराेड ६९ लाख ११ अर्ब १६ कराेड ३० लाख ८.२२

स्राेत ः नेपाल विद्युत प्राधिकरण

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit