विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले प्राधिकरणको पोलमा दुरसञ्चार, केवल टीभी तथा इन्टरनेट सेवा प्रदायकहरूबाट तानिएको अव्यवस्थित तार हटाउन बारम्बार ताकेता गर्दा पनि अटेर गरेपछि आफै तार व्यवस्थापन गर्ने तयारी गरेको छ । प्राधिकरणले पटक–पटक सुचना जारी गरी तार हटाउन अनुरोध गरेपनि बेवास्ता गरेपछि आफै हटाउन लागेको हो ।

सेवा प्रदायकले सूचना बमोजिमको व्यवस्थापन कार्य नगरेकोले आफैं अनावश्यक, जथाभावी झुण्डिएको उपकरणहरू व्यवस्थापन गर्न लागेको प्राधिकरणले जनाएको छ । प्राधिकरणका अनुसार पहिलो चरणमा त्रिपुरेश्वर–सुन्धारा–रत्नपार्क–केशरमहल–लैनचौर–लाजिम्पाट–नारायणगोपा चोक–बुढानिलकण्ठ खण्डको अव्यवस्थित तार लगायतका उपकरणहरू हटाइनेछ ।

प्राधिकरण आगामी शनिबार (पुस ९ गते) देखि पोलमा तानिएको दुरसञ्चार, केबल टिभी तथा इन्टरनेट सेवा प्रदायकहरूबाट तानिएको केबल तथा उपकरणहरू व्यवस्थापन गर्नेछ । यसबाट हुने नोक्सानीको लागि सेवा प्रदायक स्वयम जिम्मेवारी हुने प्राधिकरणले जनाएको छ ।

प्राधिकरणले कात्तिक १५ गते र मंसिर १८ गते सूचना जारी गर्दै अनावश्यक तार तथा झुण्डाएको उपकरण हटाउन आग्रह गरेको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit