विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसालले नयाँ उद्योग खोल्न विद्युतको समस्या नहुने बताएकी छन् । ऊर्जा खपतका सम्बन्धमा उद्योगी व्यवसायीहरूसँग बिहीबार भएको छलफलमा उनले यस्तो बताएकी हुन् ।

उनले उद्योगका लागि आवश्यक पर्ने विद्युतको अभाव हुने हो कि भन्ने आशंका नगरी निर्धकक्ताका साथ लगानी बढाउन उद्योगी व्यवसायीलाई आग्रह गरिन् । ‘उद्योग विस्तारमा विद्युत पहुँचका लागि मन्त्रालयले पूर्ण सहयोग गर्छ,’ उनले भनिन्,‘निजी क्षेत्रले उद्योग खोल्न मागे जति गुणस्तरीय विद्युत पाउँछ ।’

उनले उद्योगमा लगानी विस्तार गर्दा विद्युतको समस्या भएमा नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक र आफुलाई सम्पर्क गर्न भनिन् । निजी क्षेत्रले उद्योगका ग्राहकका लागि महसुल दर घटाएको अवस्थामा विद्युत खपत बढाउन सकिने भनी दिएको सुझावमा मन्त्री भुसालले आफु सकारात्मक रहेको बताइन् ।

उनले प्राधिकरणले ऊर्जा उत्पादकसँग गरेको विद्युत खरिद दर (पिपिए) का आधारमा मात्रै विद्युतको मसहुल दर समायोजन गर्न सकिने समेत स्पष्ट पारिन् । उनले विद्युत खपत बढाउन निजी क्षेत्रले उद्योग स्थापनाका लागि अन्तर्राष्ट्रिय लगानीकर्तासँग पनि सहकार्य गर्न सक्ने भएकाले यसतर्फ पहल गर्न गरिन् ।

मन्त्रालयका सचिव देवेन्द्र कार्कीले विद्युतको गुणस्तरको सुधार निरन्तर हुँदै जाने र यसका लागि आफू प्रतिवद्ध रहेको बताए । उनले उद्योगी व्यवसायीका कुनै समस्या भएमा स्पष्टरूपमा विषय खुलाएर आए समाधान गर्न मन्त्रालय तयार रहेको बताए ।

विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले उद्योगी व्यवसायीलाई १३२ केभीबाट प्रसारण लाइनको विद्युत सेवा लिन आग्रह गरे । ‘हामीले ठूला उद्योगलाई विद्युत उपलब्ध गराउन १३२ केभीका प्रसारण लाइनको सञ्जाल निर्माण गरेका छौं । यो प्रसारण लाइनबाट सेवा लिँदा उद्योगले गुणस्तरीय विद्युत पाउने छन् ’ उनले भने ।

नेपाल उद्योग बाणिज्य महासंघका उपाध्यक्ष चन्द्र ढकालले उद्योगलाई दिगो र गुणस्तरीय विद्युत नियमित दिन प्रसारण प्रणालीको भरपर्दो पूर्वाधार निर्माण गर्न सुझाव दिए । छलफलमा सहभागी अन्य उद्योगीहरूले पनि गुणस्तरीय विद्युत उपलब्ध गराउन तथा खपत बढाउन विद्युत महसुल दर घटाउन सुझाव दिएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit