विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री दीपक खड्काले फुकोट कर्णाली आंशिक जलाशय जलविद्युत् आयोजनासँगै कर्णाली प्रदेशका अन्य आयोजना अगाडि बढाउन सरकार लागिपरेको बताएका छन् । 

फुकोट कर्णाली जलविद्युत् आयोजनाको काम चाँडो अगाडि बढाउनुपर्ने मागसहित मन्त्रालयमा आएको कालिकोटको सर्वदलीय बैठकमा उनले कर्णाली प्रदेशको समृद्धिका लागि मन्त्रालयले फुकोट कर्णालीसँगै अन्य जलविद्युत् आयोजनाको काम अघि बढाउन खोजेको बताए । 

उनले आयोजना निर्माणका लागि सम्झौता भएको भारतीय कम्पनी एनएचपिसी लिमिटेडसँगको सहकार्यमा आयोजनाको कामलाई अगाडि बढाउन विद्युत् उत्पादन कम्पनीलाई निर्देशन समेत दिए ।  

‘देशभरका आयोजनालाई सरकार एक्लैले लगानी गर्न सक्दैन भनेर कम्पनी खोलेका हौँ, भियुसिएलले भारतको भरपर्दो कम्पनी एनएचपिसीसँग सहकार्य गरेर फुकोट कर्णालीलाई अगाडि बढाउन खोजेको छ, टाइमलाइनअनुसार काम गर्न आउनका लागि उक्त कम्पनीलाई परिपत्र गर्नुस्,’ उनले भने । 

मन्त्री खड्काले मुलुकलाई नोक्सानी नहुने र लगानीकर्तालाई लगानीको सुरक्षा हुने वातावरण निर्माण गर्नुपर्ने उल्लेख गरे । मन्त्री खड्काले गरिब र विपन्न नागरिकलाई विनाधितो सरकारले ऋणको व्यवस्था गरेर जलविद्युत्‌को सेयर खरिद गर्ने वातावरण निर्माण गरेको उल्लेख गरे । 

नेकपा (माओवादी केन्द्र) का नेता एवम् कर्णाली प्रदेशका पूर्व मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सम्झौता भइसकेको आयोजनालाई चाँडो कार्यान्वयनमा लैजानुपर्ने बताए । 

कांग्रेस कालिकोटका सचिव नगेन्द्रबहादुर विष्टले कर्णाली प्रदेशको समृद्धिका लागि उक्त आयोजनालाई चाँडो सम्पन्न गर्नुपर्ने बताए । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता धनबहादुर बुढाले कालिकोट र सिङ्गो कर्णालीको विकासका लागि उक्त आयोजनालाई चाँडो बनाउनुपर्ने माग राखे । 

४८० मेगावाटको फुकोट कर्णाली जलविद्युत आयोजना भारतीय कम्पनी एनएचपिसी लिमिटेडकोसमेत लगानीमा निर्माण हुनेगरी अघि बढाउने सम्झौता भएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३