विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १६, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठामाडौं । शिवश्री हाइड्रो पावर लिमिटेडले हकप्रद सेयर प्रस्ताव पारित गर्न साधारण सभा आह्वान गरेको छ । कम्पनीको भदौ २ गते बसेको संचालक समितिको बैठकले सेयर प्रस्ताव पारितको लागि सभा आह्वान गरेको हो । 

कम्पनीले सभाबाट प्रस्ताव पारित भएलगतै आफ्ना सेयरधनी सदस्यका लागि १ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गरिनेछ । कम्पनीले सभामा लेखापरिक्षण सहितको प्रतिवेदन सहितको सम्पूर्ण वित्तिय विवरणहरू छलफल गरी प्रस्ताव पारित गरिनेछ । 

सभा असोज २५ गते यती इभेन्ट्स एण्ड कन्फेरेन्स सेन्टर बसुन्धारा काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । कम्पनीले सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिकामा निर्माण सम्पन्न गरेको २२ मेगावाटको माथिल्लो चाकु–ए जलविद्युत आयोजनाले २०७८ जेठ १ गतेदेखि निरन्तर विद्युत उत्पादन गरिरहेको छ । २०६९ बाट सुरु भएको आयोजनामा २०७१ को जुरे पहिरो, २०७२ को भूकम्प, भारतीय नाकाबन्दी र बर्खामा आउने बाढीका कारण पटक–पटक भएको प्रभावितलाई पार गर्दै कम्पनीले आयोजनाको निर्माण सम्पन्न गरेको थियो ।

आयोजनामा सिटिजन्स इन्टरनेशनल बैंकको अगुवाईमा ११ बैंक तथा वित्तीय संस्थाले ऋण लगानी गरेका छन् । सुरुमा ४ अर्ब ४ करोड रुपैयाँमा लागत अनुमान गरिए पनि पटक–पटक प्राकृतिक मारमा परेका कारण लागत केही बढ्न पुगेको कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit