विद्युत अपडेट

  • प्राधिकरण : ७२१७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३००२ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४७२८४ मे.वा.घन्टा
  • आयात : ६७ मे.वा.घन्टा
  • निर्यात : १७७०७ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ६७५७० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २९९५ मे.वा.
२०८३ असोज ४, आईतबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले टेकु सबस्टेसनको सुदृढीकरणको कामका लागि विभिन्न १६ वटा फिडर लाइनकाे विद्युत् आपूर्ति प्रभावित हुने जनाएको छ । उक्त सबस्टेशनको ११ केभी प्यानलमा जडान भएका पुराना रिले हटाई नयाँ रिले रेट्रोफिट, एसएएस जडान तथा परीक्षणको काम गर्नुपर्ने भएकाले काठमाडौँका विभिन्न क्षेत्रमा ११ दिनसम्म विद्युत् आपूर्ति प्रभावित हुने जनाएको हो ।

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयअन्तर्गत सञ्चालित लप्सीफेदी तथा चाँगुनारायण सबस्टेसन निर्माण आयोजनाले असोज ४ गतेदेखि १४ गतेसम्म १३२ केभी टेकु सबस्टेसनबाट विद्युत् आपूर्ति हुने ती फिडरमा निर्धारित समयअनुसार आपूर्ति अवरुद्ध हुने जनाएको छ । प्राधिकरणका अनुसार असोज ४ गतेदेखि चरणबद्ध रूपमा राति ११ बजेदेखि बिहान २ बजेसम्म तथा बिहान २ बजेदेखि ५ बजेसम्म विद्युत् आपूर्ति बन्द वा प्रभावित हुनेछ । कामको प्रकृतिअनुसार एउटै फिडरमा लगातार दुई दिनसम्म फरक–फरक समयमा आपूर्ति अवरुद्ध हुने तालिका बनाइएको छ । 

तालिकाअनुसार असोज ४ र ५ गते रत्नपार्क वितरण केन्द्रअन्तर्गतको सुन्धारा–१ फिडरबाट न्युरोड, धरहरा, दशरथ रंगशाला, सुन्धारा, भोटेबहाल, दक्षिणकाली मन्दिर, खिचापोखरी, झोँछे, हनुमानढोका, वसन्तपुर, लगन चोक, माथेमा चोक, ओमबहाललगायत क्षेत्रमा विद्युत् प्रभावित हुनेछ ।

त्यसैगरी, असोज ५ र ६ गते पुल्चोक वितरण केन्द्रअन्तर्गतको पुल्चोक फिडरबाट बल्खु हेल्थपोस्ट, सानेपा चोक, झम्सीखेल, पुल्चोक, प्रधान सेनापति क्वार्टर, ठाडो ढुंगा र हरिहर भवन आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ । 

असोज ६ र ७ गते रत्नपार्क वितरण केन्द्रकै सुन्धारा–२ फिडरबाट न्युरोड, धरहरा, दशरथ रंगशाला, सुन्धारा, भोटेबहाल, दक्षिणकाली मन्दिर, खिचापोखरी, झोँछे, हनुमानढोका, वसन्तपुरलगायत क्षेत्रमा बिहान २ बजेदेखि ५ बजेसम्म आपूर्ति अवरुद्ध हुनेछ ।

असोज ६ देखि ९ गतेसम्म पुल्चोक वितरण केन्द्रअन्तर्गतका बागमती, रिङरोड र भैँसेपाटी फिडरबाट क्रमशः सानेपा राम मन्दिर, गुसिङ्गल, एड्भान्स कलेज, ललिता घर, अमरावती, सानेपा, रेडक्रस स्कुल, नख्खु चोक, बागडोल, धोबिघाट, मलपोखरी, घोडिघाट, नयाँबाटो, सनराइज टावर, आफलडोल, गणेश मन्दिर तथा सिद्धिविनायक टोल आसपासका क्षेत्रमा विद्युत् आपूर्ति प्रभावित हुनेछ ।

असोज ८ र ९ गते पुल्चोक वितरण केन्द्रअन्तर्गत थापाथली र मिनभवन फिडरबाट थापाथली चोक, नर्भिक अस्पताल, प्रसूति गृह, राष्ट्र बैंक, कुरियागाउँ, बबरमहल तथा आसपासका क्षेत्र र टेकु स्वास्थ्य सेवा विभाग कम्पाउन्ड क्षेत्रमा विद्युत् अवरुद्ध हुनेछ ।

असोज ९ र १० गते रत्नपार्क वितरण केन्द्रअन्तर्गत कालिमाटी फिडरबाट टेकु प्रहरी परिसर, फोहोरमैला, टेकु चोक, परोपकार, रामघाट, कंकेश्वरी, दमाईटोल, इन्द्रायणी, ताम्सीपाखा, नरदेवी अस्पताल, क्षेत्रपाटी, असन, बालकुमारी, इन्द्रचोक, भेडासिंह र किलागललगायत क्षेत्रमा आपूर्ति प्रभावित हुने तालिका छ।

असोज ९ देखि १२ गतेसम्म रत्नपार्क वितरण केन्द्रअन्तर्गत भीमसेनस्थान, क्षेत्रपाटी र त्रिपुरेश्वर फिडरमा पनि काम हुने प्राधिकरणले जनाएको छ । यसबाट ११ नम्बर वडा कार्यालय, सरस्वती स्कुल, ब्रह्मटोल, प्लान्चोक भगवती, २१ नम्बर वडा कार्यालय, ह्युमत, जैसिदेवल, विष्णु, मुगः, अकोनारायण, भीमसेनस्थान, मयलबारी, पुष्पलाल पार्क, ढल्कु, क्षेत्रपाटी, कालधारा, धोबीचौर, पकनाजोल, कुलेश्वर चोक, पिपुल्स कलेज, पब्लिक युथ कलेज, ठहिटी र कुवाहललगायत क्षेत्र प्रभावित हुनेछन् । 

त्रिपुरेश्वर फिडरअन्तर्गत टेकु सबस्टेसन, बंसीघाट, विश्वनिकेतन स्कुल तथा टेकु चोकदेखि त्रिपुरेश्वर चोकसम्मका क्षेत्रमा समेत आपूर्ति अवरुद्ध हुनेछ।

त्यसपछि असोज १२ र १३ गते कुलेश्वर वितरण केन्द्रअन्तर्गत चमती र ताहाचल फिडरबाट कालिमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवानपाउ, डल्लु आवास, जनसेवा मार्ग तथा कालिमाटी, कारागारखुसी पुल, कालिमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्ररत्न क्याम्पस, चागल र कलश अपार्टमेन्ट आसपासका क्षेत्रमा विद्युत् प्रभावित हुनेछ ।

असोज १३ र १४ गते कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको कीर्तिपुर फिडरबाट बयोधा, बल्खु, कुमारी क्लब, चोभार, भाजंगल, पाङ्गा शालिक, आदिनाथ, भूतखेल, टौदह, पाण्डेछाप, चारघरे क्षेत्र र त्रिभुवन विश्वविद्यालय परिसरमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ । सोही अवधिमा कुलेश्वर वितरण केन्द्रअन्तर्गतको कुलेश्वर फिडरबाट प्राधिकरण मार्ग, सुनारगाउँ, माछा गेट, रविभवन, सोल्टीमोड, सीता पेट्रोल पम्प, जनप्रभात, सोल्टी पछाडि, छाउनी, टेलिकम, आर्मी हस्पिटललगायत क्षेत्रमा पनि आपूर्ति प्रभावित हुने प्राधिकरणले जनाएको छ।

प्राधिकरणले निर्धारित समयमा काम सम्पन्न गरी विद्युत् आपूर्ति यथाशीघ्र नियमित गर्न प्रयास गरिने जनाएको छ । सटडाउन अवधिमा अप्रत्याशित प्राविधिक समस्या आएमा सूचनामा उल्लेखित समय तथा तालिकामा आवश्यक परिवर्तन हुन सक्ने जनाएको छ । काम निर्धारित समयभन्दा अगावै सम्पन्न भएमा विद्युत् सेवा पनि सोहीअनुसार चाँडै सुचारु गरिने प्राधिकरणले स्पष्ट पारेको छ । 

थप जानकारीका लागि प्राधिकरणको वेबसाइट तथा हटलाइन नम्बर ११५० को एक्सटेन्सन नम्बर ३ मा सम्पर्क गर्न सकिने जनाएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३