विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१०९ मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १३, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सिन्धुपाल्चोकस्थित ७.५ मेगावाटको इन्द्रावती तेस्रो जलविद्युत केन्द्रको उत्पादन फेरि बन्द भएको छ । मेलम्ची नदीमा दोस्रो पटक गत साउन १८ गते आएको भीषण बाढीले विद्युत प्रवाह हुने ६६ केभी प्रसारण लाइनका २ वटा टावर बगाएपछि २ साताभन्दा बढी समयदेखि विद्युत उत्पादन बन्द हुन पुगेको हो । 

प्रसारण लाइनको समस्याले उत्पादन सुचारु भएको केही दिनपछिबाट फेरि विद्युतगृह बन्द भएको प्रवर्द्धक नेशनल हाइड्रो पावर कम्पनीका अध्यक्ष कुमार पाण्डेले बताए । ‘असार १ गतेको बाढीले बगाएको प्रसारण लाइनका टावर निर्माण गरेर डेढ महिनापछि उत्पादन सुचारु गरेका थियौं,’ उनले ऊर्जा खबरसँग भने, ‘साउन १८ गतेको बाढीले फेरि प्रसारण लाइनका २ वटा टावर बगाएपछि अहिले उत्पादन बन्द छ ।’

बाढीले बगाएका २ वटा प्रसारण लाइनका टावरको स्थानमा नयाँ टावर राख्ने जग्गाका सम्बन्धमा स्थानीयसँग छलफल तथा परामर्श भइरहेको पनि उनले बताए । प्रसारण लाइनको टावर राख्न जग्गा खरिद प्रक्रिया टुंगिएपछि निर्माण सुरु गरिने भएको छ ।

प्रसारण लाइनको काम सुरु भइनसकेकाले उत्पादन सुचारु गर्न अझै कति समय लाग्छ भन्नेबारे यकिन हुन नसकेको कम्पनीले जनाएको छ । यसअघि पनि गत असार १ गतेको बाढीले ६६ केभी प्रसारण लाइनका ५ वटा टावर बगाउँदा डेढ महिनासम्म इन्द्रवाती तेस्रोको उत्पादन बन्द हुन पुगेको थियो ।

नयाँ टावर निर्माण गरी तार तानेर प्रसारण लाइन सञ्चालनमा आएपछि विद्युत उत्पादन सुचारु गरिएको थियो । डेढ महिनासम्म विद्युत उत्पादन बन्द हुँदा कम्पनीको विद्युत बिक्रीबाट हुने ३ करोड रुपैयाँ आम्दानी गुमेको थियो । गत वर्षको बाढीले समेत जलविद्युत केन्द्रको बाँध क्षेत्रका संरचनामा क्षति पुर्याएको थियो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit