विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नुवाकोट र रसुवाको सिमानामा स्थित ६० मेगावाटको माथिल्लो त्रिशुली ३ ‘ए जलविद्युत केन्द्रको विद्युत उत्पादन २ दिनदेखि बन्द छ । नेपाल विद्युत प्राधिकरणले सञ्चालन गरिरहेको जलविद्युत केन्द्रको मर्मत संभारका लागि उत्पादन बन्द (सटडाउन) गरिएको हो ।

जलविद्युत केन्द्रको टनेल हेर्न (इन्फेक्सन) र गेट मर्मतका लागि विद्युत उत्पादन बन्द (सटडाउन) गरिएको प्राधिकरणका ठुला उत्पादन सञ्चालन तथा संभार विभाग प्रमुख राम कुमार यादवले बताए । उनका अनुसार आइतबारदेखि जलविद्युत केन्द्र सटडाउन गरी मर्मतको काम भइरहेको छ ।

जलविद्युत केन्द्रको मर्मत संभारको गर्न १५ दिनका लागि सटडाउन गरिएको हो,’ उनले ऊर्जाखबरसँग भने, ‘काम सम्पन्न गर्न अझै दुई हप्ता लाग्छ, मर्मत गरी आगामी १७ गते (आइतबार) देखि पुनः उत्पादन सुरु गरिनेछ ।

केन्द्र गत असार १ र २ गते पनि बन्द भएको थियो । असार लाग्न साथ आएको वर्षाका कारण नदीमा बालुवा तथा हिलो मिसिएको लेदो पानी आएकोले संरचनामा क्षति नहोस भनेर उत्पादन बन्द गरिएको थियो ।

आयोजनामा जडित क्षमताको वार्षिक ७० प्रतिशत विद्युत उत्पादन गर्ने केन्द्रको आकर्षक पक्ष हो । जसलाई क्यू७० डिजाइन पनि भनिन्छ । आयोजनाबाट हिउँदका ३ महिनामा पनि ४५ मेगावाट विद्युत उत्पादन हुन्छ ।

आयोजनाबाट वार्षिक ४९० गिगावाट घन्टा अर्थात् ४९ करोड युनिट विद्युत उत्पादन हुन्छ । प्राधिकरणले चालू वर्षमा बेच्ने औसत दर प्रतियुनिट १०.२३ रुपैयाँका आधारमा विद्युत बिक्रीबाट वार्षिक करिब ५ अर्ब १ करोड २७ लाख रुपैयाँ आम्दानी गर्छ । उत्पादित विद्युत त्रिशूलीकाठमाडौं २२० केभी प्रसारण लाइनबाट मातातीर्थ सबस्टेसनमा जोडिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३