विद्युत अपडेट

  • प्राधिकरण : ८२२१ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३७७६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४१८२ मे.वा.घन्टा
  • आयात : ८४०९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१९० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७७७८ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८१८ मे.वा.
२०८१ ब‌ैशाख १५, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । हनुमान हाइड्रो पावर कम्पनीले करिब ७ अर्ब रुपैयाँ लगानीमा ४३.२ मेगावाटको छिलुङ्ग खोला जलविद्युत आयोजना निर्माण गर्ने भएको छ । गोरखाको चुमनुब्री गाउँपालिका–३ मा रहेको छिलुङ्ग खोलामा आयोजना निर्माण गर्न लागेको हो ।

प्रस्तावित आयोजनाको सम्भाव्यता अध्ययन पूरा गरी वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदन समेत तयार पारेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पेस गरेको कम्पनीले जनाएको छ ।

आयोजनाको बाँध सिर्दिबास गाउँ र विद्युतगृह चिलुन गाउँ र चुमचेट गाउँ नजिकै रहनेगरी डिजाइन तयार पारिएको छ । आयोजनामा ८८४५ मिटर हेडरेस पाइप र १९३८ मिटर पेनस्टक पाइप रहनेछ । विद्युतगृह भुमिगत हुनेछ ।

आयोजना निर्माण सम्पन्न गर्न ७ अर्ब १२ करोड ८० लाख रुपैयाँ लागत अनुमान गरिएको छ । आयोजनाको वार्षिक ऊर्जा उत्पादन २५८.५१ गिगावाट उत्पादन हुनेछ । वर्षायाममा १७८.६९ गिगावाट आवर र सुक्खायाममा ७९.८३ गिगावाट आवर उत्पादन हुनेछ ।

उत्पादीत विद्युत १३२ केभी सिंगल सर्किट लाइन मार्फत २ किलोमीटर दुरीमा रहेको नेपाल विद्युत प्राधिकरणद्धारा प्रस्तावित फिलिम सबस्टेसन सबस्टेसनमा जोडिनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit