विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल आयल निगमले फेरी पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढाएको हो ।

पेट्रोल प्रतिलिटर २१ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर २७ रुपैयाँका दरले बढाएको निगमले जनाएको छ । निगमका अनुसार अब नयाँ  मूल्य अनुसार पेट्रोल प्रतिलिटर १९९ र डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १९२ रुपैयाँ पुगेको छ ।

यस्तै, हवाई इन्धनको मूल्य आन्तरिक तर्फ प्रतिलिटर १९ रुपैयाँले बढाएर १८५ रुपैयाँ र बाह्यतर्फ किलोलिटर १०० डलरले बढाएर १६४५ डबर कायम गरेको छ । 

निगमले गत जेठ २६ गते राति १२ बजेदेखि लागु हुने गरी पेट्रोल प्रतिलिटर ८ रुपैयाँ र डिजेल÷मट्टितेलको मूल्य प्रतिलिटर १२ रुपैयाँका दरले बढाएको थियो । निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको छ ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३