विद्युत अपडेट

  • प्राधिकरण : ८९२६ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३८४२ मे.वा.घन्टा
  • निजी क्षेत्र : २९७६५ मे.वा.घन्टा
  • आयात : ३६८० मे.वा.घन्टा
  • निर्यात : ४१९२ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५६२१३ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २६२९ मे.वा.
२०८३ जेठ २६, मङ्गलबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । दैलेखमा मिथेन ग्यासको विशाल भण्डार रहेको भेटिएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले खुसी व्यक्त गरेका छन् । दैलेखमा पेट्रोलियम पदार्थ तथा प्राकृतिक ग्यासको अन्वेषण गरिरहेको चीनको जिओलोजिकल सर्वे कम्पनीले दैलेखको जलजले क्षेत्रमा ११२ अर्ब घनमिटर मिथेन ग्यासको भण्डार रहेको विवरणसहित सरकारलाई प्रारम्भिक प्रतिवेदन बुझाएपछि प्रधानमन्त्रीले खुसी व्यक्त गरेका हुन् । 

साथै उनले यो खबरले पुराना दिनलाई समेत सम्झाएको बताएको छन् । सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘दैलेखमा पेट्रोलियम पदार्थको अन्वेषण सुरु गर्दाका दिनहरू सम्झिरहेको छु । समर्थन र विरोध–आवाज थरिथरिका थिए । ११२ अर्ब घनमिटर ग्यास रहेको खबरले ती दिनलाई सम्झाएको छ। यो खुसीको समाचार हो ।’

यद्यपि, उनले पुराना दिनको कुन प्रसङ्ग वा सन्दर्भलाई सम्झिएको भन्ने उल्लेख नगरे पनि ‘चुला चुलामा ग्यासको पाइपलाइन पुर्‍याइने...’ भनेर आफूले विगतमा गरेको भाषण सम्झिएका हुन् कि भन्ने अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३