विद्युत अपडेट

  • प्राधिकरण : ७७५५ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३५५६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १२७२१ मे.वा.घन्टा
  • आयात : १०६१९ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३८२५० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९३२ मे.वा.
२०८१ ब‌ैशाख २४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको उत्पादन आम्दानी घटेसँगै खुद नाफा पनि घटेको छ । कम्पनीले सार्वजानिक गरेको आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको वित्तीय विवरण अनुसार खुद नाफा र आम्दानी घटेको देखिएको हो । 

गत वर्ष जलविद्युत केन्द्रबाट उत्पादित बिजुली बेचेर ३१ करोड ४६ लाख ८६ हजार ४ सय ७० रुपैयाँ आम्दानी गरेको यस कम्पनीले आव २०७९/८० को दोस्रो त्रैमासमा २७ करोड ४२ लाख ५० हजार ३ सय ८८ रुपैयाँ मात्र आम्दानी गरेको वित्तीय विवरणमा उल्लेख छ ।

कम्पनीले यो अवधिमा ६ करोड २३ लाख ९३ हजार ५ सय १३ रुपैयाँ खुद नाफा कमाएको छ । कम्पनीको नाफा गत वर्षको तुलनामा घटेको हो । गत वर्ष यही समयअवधिमा १४ करोड ३० लाख ५० हजार १ सय १६ रुपैयाँ खुद नाफा कमाएको थियो । 

कम्पनीले अन्य स्रोतबाट पनि ५८ लाख ३८ हजार ५ सय ३९ रुपैयाँ आम्दानी गरेको छ । दार्चुलामा निर्माण सम्पन्न ८.५ मेगावाटको नौगड गाढ  र ८ मेगावाटको माथिल्लो नौगड गाड जलविद्युत आयोजनाले निरन्तर विद्युत उत्पादन गरिरहेको छ । साथै, सोही जिल्लामा ४० मेगावाटको माथिल्लो चमेलिया निर्माणाधीन रहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit