विद्युत अपडेट

  • प्राधिकरण : ४४६६ मे.वा.घन्टा
  • सहायक कम्पनी : ५१०६ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५९४४ मे.वा.घन्टा
  • आयात : १२१८४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३७८९९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २०२१ मे.वा.
२०८२ फाल्गुण १६, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले प्रतिकूल मौसमका कारण हुने प्राकृतिक घटना र प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् आपूर्तिमा अवरोध आउने भन्दै आम उपभोक्तालाई सुसूचित गरेको छ । प्राधिकरणले मंगलबार एक सूचना जारी गर्दै यस्तो जानकारी गराएको हो ।

‘प्राधिकरण आफ्ना सबै उपभोक्तालाई निरन्तर, भरपर्दो र गुणस्तरीय विद्यूत् आपूर्ति गर्न प्रतिवद्ध छ,’ सूचनामा भनिएको छ, ‘तर आँधी, चट्याङ र भारी वर्षा जस्ता प्रतिकूल मौसम तथा अन्य प्राविधिक कारणले कहिलेकाहीँ विद्युत् आपूर्तिमा अवरोध आउन सक्छ ।’

विद्युत् आपूर्तिमा प्रणालीगत अवरोध आउँदा ठूलो क्षेत्रका उपभोक्ता तथा सम्पूर्ण प्रणालीलाई नै प्रभावित पार्ने र स्थानीय अवरोध आउँदा सीमित क्षेत्र वा स्थानको आपूर्तिमा मात्रै अवरोध हुन प्राधिकरणले स्पष्ट पारेको छ ।

उल्लिखित दुई प्रकारले विद्युत् अवरोध भएमा प्राधिकरणका प्रत्येक प्रादेशिक कार्यालय तथा डिभिजन कार्यालयहरूमा सञ्चालनमा रहेका कल सेन्टरहरूमा रहेकाले हटलाइन टेलिफोन नम्बर ११५० मा पत्काल फोन गरेर जानकारी गराउन पनि प्राधिकरणले आग्रह गरेको छ । 

कल सेन्टरहरूको कार्यसम्पादन बारे जाँचबुझ गरी रायसहितको प्रतिवेदन पेश गर्न अध्ययन समिति समेत गठन गरिएको प्राधिकरणले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३