विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । भाैगाेलिकरूपमा विकट मुस्ताङको लोमान्थाङ गाउँपालिकामा राष्ट्रिय प्रसारण प्रणालीको विद्युत सेवा पुगेको छ । नेपाल विद्युत प्राधिकरणकाे म्याग्दीस्थित तातोपानी वितरण केन्द्रले ११ केभी वितरण लाइन विस्तार गरी गाउँपालिकामा विद्युत पहुँच पुर्याएको हो ।

गाउँपालिकाको वडा नम्बर १, २, ३ र ५ का १६० घरधुरीमा विद्युत सेवा पुर्याएको केन्द्र प्रमुख शिवप्रसाद नेपालले बताए । उनका अनुसार गत मंसिर ६ देखि ११ गतेकाे बीचमा गाउँपालिकाका यी वडामा विद्युतीकरण विस्तार गरिएको हो । जिल्लाकाे लोघेकर–दामोदरकुण्ड गाउँपालिकाका सबै वडामा भने यसअघि नै विद्युतीकरण भइसकेको छ ।

‘भौगोलिकरूपमा विकट र दुर्गम क्षेत्रमा पर्ने सीमावर्ती स्थानीय तहमा विद्युतकाे सुविधा पुगेपछि स्थानीयवासीमा खुसियाली छाएको छ’ उनले ऊर्जा खबरसँग भने, ‘सेवा पुगेपछि घरायसी, कार्यालय तथा प्रशासनिक काम गर्न, इन्टरनेट चलाउन र सञ्चारका उपकरण प्रयोग गर्न सहज भएको छ ।विद्युत नपुग्दासम्म उज्यालोका लागि घरायसी प्रविधकाे सौर्य ऊर्जा  र टुकी बाल्नु पर्ने बाध्यता थियाे । अब याे बाध्यता हटेकाे छ ।’ 

लोमान्थाङ र लोघेकर–दामोदरकुण्ड गाउँपालिकामा राष्ट्रिय प्रसारणको विद्युत लाइन विस्तारका लागि गण्डकी प्रदेश सरकारले आव २०७५/७६ मा करिब ८ करोड रुपैयाँ विनियोजन गरेको थियो ।

चालू आर्थिक वर्षभित्र नै उपल्लो मुस्ताङका दुई वटा गाउँपालिकाका सबै बस्तीमा केन्द्रीय प्रसारण लाइनको विद्युत् सुविधा विस्तार गर्ने तयारीसहित काम भइरहेको पनि उनले बताए । केन्द्र अन्तर्गत प्राधिकरणको विद्युत सेवा लिने करिब १ हजार ३ सय ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit