विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ चैत ७, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । पोजेटिभ इनर्जीले कपिलवस्तुको शिवराज नगरपालिकामा १० मेगावाटको ग्रिडमा आवद्ध सौर्य विद्युत् आयोजना पार्ट–२ निर्माण गर्ने भएको छ । यसका लागि अनुमति माग्दै कम्पनीले विद्युत् विकास विभागमा आवेदन दिएको छ । विभागका अनुसार यो आयोजना शिवराज नगरपालिका–८ र विजयनगर गाउँपालिका–३ मा करिब १३.५५ हेक्टर जमिनमा निर्माणको प्रस्ताव गरिएको छ ।

आयोजनाअन्तर्गत सोलार फोटोभोल्टिक प्यानलहरूबाट डिसी विद्युत् उत्पादन गरी त्यसलाई २ हजार ५०० किलोवाट क्षमताका ४ वटा इन्भर्टर मार्फत विद्युत् उत्पादन विद्युत् उत्पादन गरी राष्ट्रिय प्रसारणमा जोडिने छ । आयोजनाबाट वार्षिक औषत १९.७४८ गिगावाट विद्युत् उत्पादन हुने छ । उत्पादित विद्युत्‌लाई ३३ केभी प्रसारण लाइनमार्फत नेपाल विद्युत् प्राधिकरणको चन्द्रौटा सबस्टेसनमा जोडिने छ ।

२०८२ साल मंसिरभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको आयोजनाको प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन (आइइई) २०७७ साल चैत २६ गते ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट स्वीकृत भइसकेको छ । 

उक्त आयोजना निर्माण गर्दा वातावरणमा कुनै उल्लेखनीय प्रतिकुल असर पर्ने भएमा ३५ दिनभित्र आफ्नो लिखित राय तथा प्रतिक्रिया उपलब्ध गराउन विभागले बिहीबार सूचना गरी गरी सरोकारवाला सबैमा आह्वान गरेको छ ।
 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३