विद्युत अपडेट

  • प्राधिकरण : ८५८२ मे.वा.घन्टा
  • सहायक कम्पनी : १३९१७ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४४२११ मे.वा.घन्टा
  • आयात : ० मे.वा.घन्टा
  • निर्यात : २१५०२ मे.वा.घन्टा
  • ट्रिपिङ : ११० मे.वा.घन्टा
  • ऊर्जा माग : ६६८२० मे.वा.घन्टा
  • प्राधिकरण : ० मे.वा.
  • सहायक कम्पनी : ० मे.वा.
  • निजी क्षेत्र : ० मे.वा.
  • आयात : ० मे.वा.
  • निर्यात : ० मे.वा.
  • ट्रिपिङ : ० मे.वा.
  • उच्च माग : २९३० मे.वा.
२०८३ असोज २४, शनिवार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौँ । ऊर्जाविज्ञ कुशल गुरुङले आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराएका छन् । मंगलबार १ बजे उनले उज्यालो नेपाल पार्टीका तर्फबाट जिल्ला निर्वाचन कार्यालय कास्की पुगेर उम्मेदवारी दर्ता गराएका हुन् । कास्की उनको गृहजिल्ला समेत हो ।

करिब साढे २ दशकदेखि नवीकरणीय ऊर्जा विकासका क्षेत्रमा सक्रिय रहेका उनले नवीकरणीय ऊर्जामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्षेत्रमा समानरूपमा विज्ञता हासिल गरेका छन् । निजी निकायमा विज्ञको रूपमा जिम्मेवारी सम्हाल्दै विभिन्न सरकारी संस्थामा समेत परामर्श सेवासमेत प्रदान गर्दै आएका छन् ।

नेपाल नवीकरणीय ऊर्जा परिसंघ (रिकोन) र जल तथा ऊर्जा परामर्शदाता संघ (विक्यान) का अध्यक्ष समेत रहेका उनी सौर्य ऊर्जा, वायु ऊर्जा, बायोग्यास जस्ता नवीकरणीय ऊर्जा तथा कार्बन उत्सर्जन न्यूनीकरण तथा कार्बन व्यापार जस्ता क्षेत्रमा सक्रिय रहँदै आएका छन् । यस्तै, उनले वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रको सञ्चालकको जिम्मेवारी समेत पूरा गरिसकेका छन् ।

उनी वैकल्पिक ऊर्जा क्षेत्रमा काम गरिरहेको विन्ड पावर नेपालको प्रमुख कार्यकारी अधिकृत (सिइओ) समेत हुन् । विन्ड पावरले सौर्य तथा वायु ऊर्जा, बायोग्यास र ‘हाइड्रो पोनिक्स फार्मिङ’ सम्बन्धी काम गर्दै आइरहेको छ । गुरुङले सञ्चालन गरिरहेको गण्डकी ऊर्जा प्रालिले कास्कीको पोखरा महानगरपालिका–३२ मझुवामा बायोग्यास प्लान्टमार्फत बायोग्यास र मल समेत उत्पादन गर्दै आएको छ ।

झन्डै डेढ महिनाअघि कुलमान घिसिङको नेतृत्वमा खुलेको उज्यालो नेपाल पार्टीमार्फत उनी राजनीतिमा सक्रिय भएका थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३