विद्युत अपडेट

  • प्राधिकरण : ७०७४ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३१११ मे.वा.घन्टा
  • निजी क्षेत्र : १५३३५ मे.वा.घन्टा
  • आयात : ७३६४ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ३५४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १७५५ मे.वा.
२०८१ जेठ ४, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडाैं । पछिल्लो समय नेपालले आन्तरिक खपतमा भन्दा पनि भारतीय विद्युत् बजारमा यहाँ उत्पादित जलविद्युत् बेच्नका लागि निकै कसरत गर्दै आएको छ । अब, यो कसरतको उचित प्रतिफल आउने हो कि भन्ने सम्भावना देखिएको छ । भारतले आफ्नो मुलुकभन्दा बाहिरबाट आयात गरिएको जलविद्युत्‌लाई पनि नवीकरणीय ऊर्जाको अंशभित्र पार्ने नीतिगत व्यवस्था गरेपछि यो सम्भावना बढेर गएको हो ।

भारतको नवीन तथा नवीकरणीय ऊर्जा मन्त्रालयले गरेको यस्तो नीतिगत व्यवस्था गत कात्तिक ३ गतेको आफ्नो देशको राजपत्रमा प्रकाशित गरेको छ । राजपत्र अनुसार यस्तो नियम सन् २०२४ देखि कार्यान्वयन भई २०३० सम्म कायम रहने उल्लेख छ । भारतमा शून्य कार्बन उत्सर्जनको लक्ष्य भेट्टाउनुपर्ने बाध्यता तथा सन् २०३० सम्म नवीकरणीय ऊर्जा खपत बढाउनुपर्ने हुँदा उसले जलविद्युत्, वायु लगायत स्रोतबाट उत्पादन भई आयात हुने विद्युत्लाई नवीकरणीयको अंशमा पारेको छ ।

भारतले यसअघि जलविद्युत्‌लाई अनिवार्य जलविद्युत् खरिद (एचपिओ) र अनिवार्य नवीकरणीय ऊर्जा खरिद (आरपिओ) भित्र समेटेको थिएन । नेपालले विश्वभर नवीकरणीय ऊर्जाको रूपमा लिइने जलविद्युत् निर्यात गर्दै आए पनि भारतले यसलाई मान्यता दिएको थिएन । अब भने नेपालको जलविद्युत् भारत निर्यात गर्ने क्रममा आकर्षक मूल्य पाउन सक्ने सम्भावना पनि बढाएको छ ।

भारतले देशभित्र विद्युत् वितरणका लागि अनुमतिपत्र प्राप्त कम्पनीहरू र खरिदकर्ताहरूका लागि एचपिओको न्यूनतम खपत अंश तोकेको छ । राजपत्रमा केन्द्रीय सरकारबाट भारतमा विद्युत् बिक्रीका लागि स्वीकृति प्राप्त छिमेकी देशका जलविद्युत् आयोजनाहरूबाट खरिद गरिएको विद्युत्लाई पनि नवीकरणीय ऊर्जा खपत अंशमा राख्ने पाउने व्यवस्था उल्लेख छ ।

भारतको लक्ष्यअनुसार सन् २०२४/२५ नवीकरणीय ऊर्जा खपतको हिस्सा २९.९१ प्रतिशत र २०२९/३० सम्म वृद्धि गरेर ४३.३३ प्रतिशत पुर्‍याउनुपर्ने छ । सन् २०२४/२०२५ मा जलविद्युत् खपतको अंशमा ०.३८ प्रतिशत र सन् २०२९/३० सम्म बढाएर १.३३ प्रतिशत पुर्‍याउनुपर्ने छ । यसका लागि ३१ मार्च २०२४ (२०८० चैत १८ गते) पछि सञ्चालनमा आएका जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत्‌मात्र गणना हुने उल्लेख छ ।

तोकिएको एचपिओको हिस्सा पुर्‍र्याउनैपर्ने र नपुर्‍र्याउने वितरण कम्पनी तथा विद्युत् खरिदकर्ताहरूलाई जरिवाना हुने व्यवस्था समेत गरिएको छ । अन्य नवीकरणीय ऊर्जाका लागि तोकिएको खपत अंश १ अप्रिल २०२४ (२०८० चैत १९ गते) अघि सञ्चालनमा आएका जलविद्युत् आयोजनाबाट खरिद गरिएको विद्युत्‌लाई समेत गणना गर्न सकिने उल्लेख छ ।

भारतले जलविद्युत् खरिद गर्ने देश भुटान र नेपालमात्र रहेकोले आगामी दिनमा यी देशले अपेक्षित लाभ लिन सक्ने अपेक्षा गर्न सकिन्छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको विद्युत् भारततर्फ निर्यात गर्दै आएको छ । प्रााधिकरणले भारतको इनर्जी एक्सचेन्ज (आइइएक्स) को डे–अहेड बजारमा प्रतिस्पर्धात्मकरूपमा र मध्यकालीन विद्युत् सम्झौता अनुसार करिब ११० मेगावाट विद्युत् भारतीय कम्पनी एनटिपिसी विद्युत व्यापार निगम लिमिटेड (एनभिभिएन) मार्फत बिक्री गरिरहेको छ ।

एनभिभिएनले मध्यकालीन सम्झौता अनुसारको विद्युत् हरियाणा राज्यमा बिक्री गरिरहेको छ । यस्तै, प्रतिस्पर्धी बजारमा निर्यातका लागि अनुमति पाएको ५२२ मेगावाटमध्येबाट पहिलो चरणमा करिब ४४ मेगावाट विद्युत् रियल टाइम मार्केटमा पनि बिक्री गर्न अनुमति प्राप्त भएको छ । नेपाल विद्युत प्राधिकरणले अहिलेसम्म प्रतिस्पर्धी बजारमा ५२२ मेगावाट र मध्यकालीन सम्झौता अनुसार ११० मेगावाट गरी ६३२ मेगावाट विद्युत भारत निर्यात गर्न स्वीकृति पाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit