विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रका सचिव दिनेशकुमार घिमिरेलाई सरकारले जल तथा ऊर्जा आयोगको सचिवालयको जिम्मेवारीमा सरुवा गरेको छ । ९ महिना भन्दा बढी समय केन्द्रमा रहेर काम गरेका घिमिरेले हिजो (माघ ५ गते) देखि सचिवालयको जिम्मेवारी सम्हालेका छन् ।

मन्त्रिपरिषद्को गत बैशाख ६ गतेको निर्णयअनुसार उनलाई ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयबाट केन्द्रमा सरुवा गरेको थियो । २०७५ पुस ९ गते सचिवमा बढुवा भएका इलेक्ट्रिकल इन्जिनियर घिमिरेले बैशाख १३ गते केन्द्रको जिम्मेवारी सम्हालेका थिए ।

२०५२ साल जेठ १४ गते तत्कालीन जलस्रोत मन्त्रालयमा इन्जिनियर पदबाट सेवा प्रवेश लगत्तै उनलाई सुनसरी–मोरङ सिँचाइ आयोजना अन्तर्गत चतरा जलविद्युत केन्द्रमा खटाइएको थियो । त्यहाँ उनले करिब ४ वर्ष जिम्मेवारी सम्हालेका थिए । त्यसपछि उनी स्नातकोत्तर अध्ययन गर्न भारतको रुड्की विश्वविद्यालय पुगेका थिए ।

अध्ययन पूरा गरेर उनी २०५९ मा फर्के र ७ वर्ष मन्त्रालयमै काम गरे । २०६१ सालमा उनी राजपत्रांकित द्वित्तीय श्रेणी अर्थात् उपसचिव (सिनियर डिभिजनल इन्जिनियर) मा बढुवा भए । यो सँगै घिमिरे २०६६ सालमा सुपरिटेन्डेन्ड इन्जिनियर अर्थात् सहसचिवमा बढुवा भएका थिए ।

विद्युत विकास विभागमा करिब ६ वर्ष काम गरेका उनले २०७१ कात्तिक ९ गतेदेखि २०७२ माघ ६ गतेसम्म महानिर्देशकको जिम्मेवारी पनि सम्हालेका थिए । ऊर्जा तथा जलविद्युतका नीतिगत विषयमा गहिरो दख्खल भएका उनले सेवा अवधिकाे अधिकांश समय ऊर्जा मन्त्रालयमै बिताएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit