विद्युत अपडेट

  • प्राधिकरण : ६४१२ मे.वा.घन्टा
  • सहायक कम्पनी : ६७७९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २०४९७ मे.वा.घन्टा
  • आयात : ८३८० मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ६०० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२६६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२४६ मे.वा.
२०८२ माघ ४, आईतबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । सौर्य ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (सोपान) ले नेपाल विद्युत् प्राधिकरणसमक्ष सौर्य ऊर्जा रूपान्तरणको लक्ष्य प्राप्तिका लागि १० बुँदे प्राथमिकता सूची प्रस्तुत गरेको छ । सोपानका प्रतिनिधिमण्डलले बिहीबार प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भेट गरी सौर्य ऊर्जा क्षेत्रको विकासका लागि १० बुँदे प्राथमिकता प्रस्तुत गरेको हो ।

प्रतिनिधिमण्डलले नेपालको ऊर्जा रूपान्तरणमा सौर्य ऊर्जाको भूमिका सुदृढ गर्न नीतिगत सुधार र प्राविधिक सहजीकरण आवश्यक रहेको धारणा राखेको छ । 

भेटका क्रममा सोपानले राष्ट्रिय प्रणालीको ऊर्जा मिश्रणमा सौर्य ऊर्जाको योगदान बढाउन १० प्रतिशतको सीमा हटाउनुपर्ने, उत्पादन अनुमतिपत्र र विद्युत् खरिद सम्झौता (पिपिए) को अवधि न्यूनतम ३५ वर्ष पुर्‍याउनुपर्ने लगायतका कार्यलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याउन माग गरेको छ ।

यसैगरी, ५० मेगावाटभन्दा माथिका सौर्य विद्युत् आयोजनामा मात्र वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) अनिवार्य गर्नुपर्ने, ट्रान्सफर्मर तथा सहायक उपकरणहरूको पुँजीकरण लागत निर्धारणमा पारदर्शी विधि लागु गर्ने, स्काडा एकीकरण शुल्कलाई सञ्चालन खर्चको रूपमा मान्यता दिने, तथा कृषि–सौर्य (एग्रि–पिभी) एकीकरण प्रवर्द्धन गर्नुपर्ने विषय पनि उठाएको छ ।

सोपानले सबै नयाँ सौर्य आयोजनामा ब्याट्री ऊर्जा भण्डारण प्रणाली (बिइएसएस) अनिवार्य गर्न र व्यवहारिक बिइएसएस महसुल निर्धारण गर्न आग्रह गरेको छ । साथै १ मेगावाटसम्मका व्यापारिक तथा औद्योगिक प्रतिष्ठानका लागि वितरणस्तरको उत्पादन र नेट मिटरिङ प्रवर्द्धन गर्नुपर्ने र १,००० मेगावाट वा सोभन्दा बढी क्षमताको नयाँ सौर्य पिपिए लिलामी तत्काल घोषणा गर्नुपर्ने माग गरिएको छ ।

सोपानका अध्यक्ष डा. सन्दीप शाहले एकीकृत नेपाल विद्युत् प्रणालीमा ग्रिड–जडित सौर्य ऊर्जाको रणनीतिक महत्त्व रहेको बताए । जलवायु परिवर्तनका कारण जलविद्युत् उत्पादनमा देखिने अनिश्चिततामा सौर्य ऊर्जा महत्त्वपूर्ण पूरक स्रोत बन्न सक्ने उनको भनाइ छ । भेटमा ऊर्जा सुरक्षा र ग्रिड स्थायित्वका लागि बिइएसएस र पम्प जलाशय जलविद्युत् आयोजनाको भूमिकाबारे समेत छलफल भएको उनले जानकारी दिए ।

भेटमा कार्यकारी निर्देशक शाक्यले सोपानको सुझाव र सक्रियताप्रति प्रशंसा व्यक्त गर्दै नीतिगत विषयहरू सम्बन्धित मन्त्रालय र नियामक निकायसँग समन्वय गरी अघि बढाइने र प्राधिकरणको कार्यक्षेत्रभित्र पर्ने विषयमा सौर्य ऊर्जाको प्रवर्द्धनका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

भेटघाटमा सोपानका अध्यक्ष डा. सन्दीप शाह, उपाध्यक्ष निखिलराज बाँका, महासचिव प्रवीण आर्यालसहित सदस्यहरू प्रशान्त प्रताप शाह, पद्मा गुरुङ, गौरव पौडेल र अपार न्यौपाने सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३