विद्युत अपडेट

  • प्राधिकरण : ९४७१ मे.वा.घन्टा
  • सहायक कम्पनी : १२९३६ मे.वा.घन्टा
  • निजी क्षेत्र : ३२४९० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : १६०३३ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ५४८९६ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २३६१ मे.वा.
२०८१ साउन १२, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । कपिलवस्तुको शिवराज नगरपालिकाको वडा नम्बर ६ मा निर्माण अघि बढेको १५ मेगावाटको धरमनगर सोलार फार्म–२ आयोजना सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । पशुपति रिन्यूएबल्स प्रा.लिले अघि बढाएको आयोजना सम्पन्न गर्न उक्त लागत अनुमान गरिएको हो ।

कम्पनीले तयार पारेको वातावरणीय प्रभाव मूल्यांकन (इआइ) प्रतिवेदन अनुसार नगरपालिकाको धरमनगर तथा मजगवाँ गाउँ नजिकै १७ हेक्टर निजी जमिनलाई भाडामा लिई निर्माण गर्न लागिएको सौर्य आयोजना सम्पन्न गर्न १ अर्ब २० करोड रुपैयाँ लागत अनुमान गरिएको छ । यसका आधारमा आयोजनाको प्रतिमेगावाट लागत ८ करोड रुपैयाँ रहेको छ ।

style="text-align: justify;">आयोजनाको निर्माण सुरु भएको १२ महिनाभित्र सबै काम पूरा गर्ने योजना छ । यो आयोजना पूरा भएपछि औसत वार्षिक ३०.२ गिगावाट घण्टा विद्युत् उत्पादन हुनेछ । उत्पादीत विद्युत् ३३ केभी प्रसारण लाइनमार्फत २.९ किलोमिटर दुरीमा रहेको नेपाल विद्युत् प्राधिकरणको शिवपुर सबस्टेसनमा जोडिनेछ ।

यो आयोजनाको विद्युत् खरिद सम्झौता (पिपिए) सम्पन्न भइसकेको छ । प्राधिकरण र प्रवर्द्धकबीच गत मंसिरमा विद्युत् खरिद बिक्री गर्ने सम्झौता भएको थियो । पिपिए अनुसार प्राधिकरणले आयोजनाबाट उत्पादित विद्युत् २५ वर्षसम्म खरिद गर्नेछ ।

यही कम्पनीले १० मेगावाटको घरमनगर–१ को काम पनि अघि बढाएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३