काठमाडौँ । नेशनल हाइड्रोपावर कम्पनी लिमिटेडले २७ र २८ औँ साधारणसभा बाेलाएकाे छ । बालुवाटारस्थित डेलिश ओपेरा रेष्ट्रो एण्ड बैंक्वेटमा मंसिर २८ गते (शुक्रबार) बिहान ११ बजे शुरू हुने गरी साधारण सभा बाेलाएकाे हाे ।
साधारणसभामा आर्थिक वर्ष (आव) २०७९/०८० र २०८०/८१ वार्षिक प्रतिवेदनमा र सोही आवको वासलात, नाफा नोक्सान हिसाब र सोही अवधिको नगद प्रभाव विवरणसँग सम्बन्धित अनुसूचीहरूमा छलफल हुने जानकारी दिएको छ । त्यस्तै लेखापरीक्षक नियुक्ति र निजको पारिक्षमिक निर्धारण गर्ने, रिक्त रहेका २ जना सञ्चालक पदमा बाँकी अवधिको लागि निर्वाचन गर्ने सम्बन्धमा छलफल गरिने कम्पनीले जानकारी गराएकाे छ । साथै, सभामा कम्पनीको प्रबन्ध पत्र संशोधन गर्ने सम्बन्धमा विशेष प्रस्ताव रहने जानकारी गरिएको छ ।
साधारणसभाको प्रयोजनका लागि कम्पनीले मंसिर १९ गते बुक क्लोज गर्ने जनाएको छ । यस अनुसार, मंसिर १८ गतेसम्म नेप्सेमा कारोबार भई कायम भएका शेयरधनीहरूले सभामा सहभागी हुन पाउनेछन् ।