विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

जुम्ला । जिल्लाको तिला गाउँपालिका–२ स्थित तिला लघुजलविद्युत् आयोजनाका करोडौँ मूल्यका विद्युतीय उपकरण अलपत्र परेका छन् । लामो समयदेखि जलविद्युत् आयोजना बन्द हुँदा विद्युत् उत्पादन गर्ने विभिन्न उपकरण सडकमा अलपत्र परेका हुन् ।

दुर्गम क्षेत्रमा विद्युत् विस्तार गर्ने उद्देश्यले निर्माण गरिएको उक्त जलविद्युत् केन्द्र बन्द भएपछि लाखौँ खर्चेर खरिद गरिएका सामग्री प्रयोगविहीन बनेको स्थानीय बताउँछन् । विसं २०७४ मा पूर्वाधार विकास कोषको लगानीमा निर्माणाधीन उक्त आयोजनाका लागि गाउँपालिकाद्वारा खरिद गरिएका विद्युतीय उपकरण सडकमा अलपत्र छन् भने अहिले आयोजना पूर्णरूपमा बन्द छ ।

‘वि.सं. २०७४ को स्थानीयतह निर्वाचनमा निर्वाचित जनप्रतिनिधिको पहलमा ती उपकरण खरिद गरिएको हो । हामी निर्वाचित भएर आएपछि ती सामान गाउँपालिकामा ल्याएका हौँ । अघिल्लो जनप्रतिनिधिको पालामा पेश्कीबापत केही रकम मात्र भुक्तानी दिइएको रहेछ’, तिला गाउँपालिकाका अध्यक्ष मोतीलाल रोकायाले भने ।

तिला–७ स्थित तिला नदीबाट १ मेगावाट क्षमताको विद्युत् उत्पादन गर्ने लक्ष्यका साथ तिला गाउँपालिका र प्रतिनिधिसभाका तत्कालीन सांसद गजेन्द्रबहादुर महतको पहलमा पूर्वाधार विकास कोषमा रहेको ११ करोड बजेट खर्च गरी आयोजना निर्माण भएको थियो । जलविद्युत् आयोजनासहित आवश्यक उपकरण प्रयोगविहीन भएपछि स्थानीयले तत्काल सञ्चालनमा ल्याउनुपर्ने भन्दै दबाब दिइरहेका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३