विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले ९६० मेगावाट सौर्य विद्युत् उत्पादनका लागि ६४ वटा कम्पनीलाई छनोट गरी सूची सार्वजनिक गरेको छ ।कात्तीक ६ गते खालेको आर्थिक प्रस्ताव अनुसार प्रतियुनिट विद्युत्‌काे बिक्री दर कम्तीमा ४.९९ रूपैयाँदेखि बढीमा ५.९४ रूपैयाँसम्म प्रस्ताव गर्ने कम्पनी करिब ७० वटा रहेका थिए । ती मध्ये ६४ वटा कम्पनीलाई ठेक्का दिन योग्य ठहर गरी प्राधिकरणले ठेक्काका लागि आशयपत्र जारी गर्ने जनाएको हो । प्राधिकरणले प्रस्तावकहरूको प्राविधिक मूल्यांकनबाट भने १२७ वटा कम्पनी छनोट गरेको थियो ।

प्राधिकरणले ५.९४ रूपैयाँदेखि घटाघटमा आवेदन दिनसक्ने गरी ८०० मेगावाट सौर्य विद्युत् उत्पादनका लागि बोलपत्र आह्वान गरेको थियो । उक्त बोलपत्रमा करिब २००० मेगावाटभन्दा बढी सौर्य विद्युत् उत्पादनका लागि विभिन्न प्रवर्द्धक कम्पनीहरूले प्रस्ताव पेश गरेका थिए । त्यसपछि भने प्राधिकरण ९६० मेगावाट उत्पादनका लागि प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेकाे हाे । 

प्राधिकरणले कम्तीमा १ मेगावाटदेखि बढीमा ५० मेगावाटसम्म आयोजना निर्माण गर्न प्रस्ताव गर्ने कम्पनीहरूलाई छनोटमा पारेको छ ।   

प्राधिकरणको शर्त अनुसार ठेक्का प्राप्त गर्ने १० मेगावाटभन्दा कम क्षमताका आयोजनाहरूले पीपीए भएको १८ महिनाभित्र विद्युत् उत्पादन गरिसक्नु पर्ने छ । १० मेगावाटभन्दा बढी क्षमताका आयोजनाहरूले भने पीपीए भएको २४ महिनाभित्र विद्युत् उत्पादन गर्नुपर्ने शर्त छ ।

याे पनि : ८०० मेगावाट सौर्य विद्युत्‌का लागि प्रतियुनिट ४.९९ देखि ६ रुपैयाँसम्मको पीपीए दर प्रस्ताव, प्राधिकरण उत्साहित 

यस्ताे छ सूची

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३