विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २०, बिहिबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले सप्तरी जिल्लाको बोदेबर्साइनमा अवस्थित ३३/११ केभी बोदेबसाईन सबस्टेसनको स्तरोन्नति गरेको छ । प्राधिकरण, बोदेबसाईन वितरण केन्द्रले सबस्टेसनमा जडान भएको ६/८ एमभिएको ट्रान्सफर्मरको सट्टामा १६ एमभिएको पावर ट्रान्सफर्मर जडान गरी चार्ज गरेको हो ।

जिल्लाको बोदेबर्साइन नगरपालिका, सुरुङ्गा नगरपालिका, खड्क नगरपालिका, बलान–बिहुल गाउँपालिकाकाे सबै क्षेत्र र डाक्नेश्वरी गाउँपालिकाको केही क्षेत्रकाे विद्युत् आपूर्तिलाई भरपर्दो र गुणस्तर बनाउनका लागि १६ एमभिएको पावर ट्रान्सफर्मर जडान गरिएको केन्द्र प्रमुख संयोग विश्वकर्माले बताए । याे सबस्टेसनबाट करिब ३६ हजार ग्राहकले भरपर्दाे सेवा लिनेछन् ।

‘यसअघि यो सबस्टेसनमा ६/८ एमभीएको ट्रान्सफर्मर जडान गरिएको थियो, यसले लोड धान्न नसकि विद्युत् आपूर्तिमा समस्या भएपछि उच्च क्षमताको ट्रान्सफर्मर जडान गरेका हाैँ,’ उनले ऊर्जा खबरसँग भने, ‘अब, यस क्षेत्रका ग्राहकले भरपर्दो र गुणस्तर विद्युत सेवा पाउने छन् ।’

विगतमा भएका समस्यालाई नियाल्दै अबका दिनमा सोही समस्या आउन नदिन नयाँ ट्रान्सफर्मर जडान गरी सञ्चालनमा ल्याइएको केन्द्रले जनाएको छ ।

यो सबस्टेसनबाट ३ वटा फिडर (बर्साइन, मौवाहा–वेल्ही र मानराजा) निकालिएको छ । यसअघि विद्युत् माग बढी भई फिडर बन्द गर्नुपर्ने अवस्था आउथ्यो, अब त्यो समस्या पूर्ण रुपमा हटेको विश्वकर्माले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit