काठमाडौँ । सरकारले जल तथा ऊर्जा आयोगको सचिवालयको सचिवमा रामप्रसाद घिमिरेलाई नियुक्त गरेको छ । आइतबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले घिमिरेलाई प्राविधिकतर्फकाे सचिवमा बढुवा गरी आयोगको सचिवालयमा नियुक्त गर्ने निर्णय गरेको थियो । घिमिरेले मंगलबार पदभार ग्रहण गरेका छन् ।
यसअघि खानी तथा भूगर्भ विभागका महानिर्देशक (सहसचिव) को जिम्मेवारीमा रहेका थिए । त्यस्तै, यसअघि आयोग सचिवालयका सचिवको जिम्मेवारीमा रहेका गोपालप्रसाद सिग्देललाई सरकारले सहरी विकास मन्त्रालयमा सरुवा गरेको थियो ।
सहरी विकास मन्त्रालयको सचिवको जिम्मेवारीमा रहेका राममणि गेलालले अवकाश पाएपछि त्यहाँ सचिव सिग्देललाई सरुवा गरिएको थियो ।