विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ८, शनिवार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । दशकौंदेखि ऊर्जा तथा जलस्रोतको क्षेत्रमा कार्यरत रही यो क्षेत्रको विकासमा महत्त्वपूर्ण योगदान पुर्याउने दर्जन बढी उच्च पदाधिकारीलाई सरकारले योगदानको आधारमा विभिन्न पदकहरूबाट सम्मानित गरेको छ । हरेक वर्ष संविधान दिवसको अवसर पारेर प्रदान गरिने मानपदवी तथा अलंकार यस वर्ष पनि राष्ट्रपति विद्यादेवी भण्डारीबाट प्रदान गरिने विषय असोज ३ गते (आज) सार्वजनिक गरिएको हो ।

सरकारले ऊर्जा तथा जलविद्युत विकासमा नीतिगत तर्जुमा, योजना कार्यान्वयन, लगानी, कानुन, भौतिक निर्माण, परामर्श लगायत विभिन्न आयाममार्फत जोडिएका करिब डेढ दर्जन व्यक्तिलाई सम्मान तथा पदक प्रदान गर्ने भएको छ । सम्मानित तथा विभूषित हुनेहरूमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सहसचिव सन्दिपकुमार देवदेखि नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ एवम् निजी जलविद्युत व्यवसायीसम्म छन् ।

सरकारले सुकीर्तिमय राष्ट्रदीप २ जनालाई, सुप्रबल जनसेवाश्री १३ जनालाई, कीर्तिमय राष्ट्रदीप एक जनालाई, प्रबल जनसेवाश्री एक र जनसेवाश्री २ जनालाई प्रदान गर्ने निर्णय गरेको छ । सुकीर्तिमय राष्ट्रदीपबाट विभूषित हुनेहरूमा नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष तथा व्यवसायी चन्द्रप्रसाद ढकाल र प्राधिकरणका कार्यकारी निर्देशक घिसिङ छन् ।

यसैगरी, सुप्रबल जनसेवाश्री सम्मान पाउनेहरूमा मन्त्रालयका सहसचिव देव, जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक सुशीलचन्द्र आचार्य, वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रका कार्यकारी निर्देशक डा. मधुसुधन अधिकारी, प्राधिकरणका उपकार्यकारी निर्देशक मनोज सिलवाल, निर्देशक द्वय प्रबल अधिकारी र जयराज भण्डारी रहेका छन् ।

मन्त्रालयका उपसचिव द्वय मुकेश पाठक र इन्द्रप्रसाद बस्याल, कालीगण्डकी कोरिडोर २२० केभी प्रसारण लाइनका आयोजना प्रमुख चन्दनकुमार घोष, महासंघका पूर्वअध्यक्ष तथा ऊर्जा व्यवसायी कुशकुमार जोशी, एनएमबी बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुनिल केसी, नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञनेन्द्रप्रसाद, जलविद्युत उद्यमी बटु लामिछाने, भरत पराजुली तथा ऊर्जा क्षेत्रमा कानुनी बहस, पैरवी एवम् परामर्श गर्दै आएका कानुनविद् सेमन्त दाहाल पनि सुप्रबल जनसेवाश्रीबाट सम्मानित हुने भएका छन् ।

संविधान दिवसका दिन घोषणा गरिएको कीर्तिमय राष्ट्रदीप विभूषणबाट गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष समेत रहेका जलविद्युत उद्यमी जीवनाथ (जीवा) लामिछाने, प्रबल जनसेवाश्रीबाट जलस्रोत तथा सिँचाइ विकास विभाग लमजुङका सिनियर डिभिजनल इन्जिनियर (सिडिई) राजेन्द्र भण्डारी तथा जनसेवाश्रीबाट मोरिससका अवैतनिक महावाणिज्य दूतसमेत रहेका जलविद्युत उद्यमी गणेश कार्की र हिमालयन ऊर्जा विकास प्रालिका सञ्चालक सराेजकुमार उपाध्याय सम्मानित हुने भएका छन् ।

सरकारले हरेक वर्ष संविधान दिवसको अवसरमा पदक तथा अलंकार प्रदानको घोषणा गर्ने र हरेक लोकतन्त्र दिवसको दिनमा प्रदान गर्ने गरेको छ । अब, उपर्युक्त व्यक्तित्वहरूलाई २०८० बैशाख ११ गते अर्थात् लोकतन्त्र दिवसको अवसरमा राष्ट्रपतिबाट पदक तथा अलंकार प्रदान गरिनेछ ।
 
सुकीर्तिमय राष्ट्रदीप अलंकारबाट विभूषित हुने ढकालले दशकौंदेखि ऊर्जा तथा जलविद्युत क्षेत्रमा लगानी गर्दै आएका छन्; उनले देशमा पूर्वाधारसँग सम्बन्धित दर्जनौं व्यवसायलाई समेत प्रवद्र्धन गर्दै आएका छन् । उता घिसिङले नीतिगत कार्यान्वयन एवम् व्यवस्थापनमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएका छन् ।

सुप्रब जनसेवाश्रीबाट सम्मानित हुने सरकारी अधिकारीहरूले ऊर्जा विकासका सन्दर्भमा नीतिगत कार्यान्वयनलाई चुस्त बनाउँदै यो क्षेत्रको विकासलाई अगाडि बढाउन भूमिका खेल्दै आएका छन् । यस्तै, झण्डै साढे २ दशकदेखि यो क्षेत्रमा आवद्ध रहेर जलविद्युत उद्यमी बटु लामिछानेले लगानी, निर्माण र परामर्शका विविध पक्षमा फरक पहिचान बनाउन सफल भएका छन् ।

व्यवसायी तथा लगानीकर्ताहरू जोशी, जीवा लामिछाने, पराजुली, कार्की लगायतले निजी क्षेत्रमार्फत ऊर्जा विकासलाई फराकिलो बनाउन निरन्तर इँटा थप्दै आएका छन् । यस्तै, बैंकिङ क्षेत्रबाट ऊर्जामा सबैभन्दा बढी लगानी गर्न सफल एनएमबी बैंकका प्रमुख कार्यकारी अधिकृत केसीले पछिल्लो दशकमा हरित ऊर्जा विकासको अभियानमा जोड दिँदै आएका छन् ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit