विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ ९, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

बागमती । हेटौँडा उपमहानगरपालिका क्षेत्रमा विद्युत् चुहावट १ प्रतिशतमा झरेको विद्युत् प्राधिकरणकाे हेटाैँडा वितरण केन्द्रले दाबी गरेकाे  छ ।

विद्युत् चुहावट नियन्त्रण अभियानअन्तर्गत हुकिङ नियन्त्रण, ग्राहकको बिलिङमा सुधार, लामो समयदेखि बन्द रहेको मिटर परिवर्तन र विद्युत् मिटर रिडिङमा सुधारलगायत प्राधिकरणको प्रणाली सुदृढीकरण भएसँगै आर्थिक वर्ष २०८०/८१ मा ५.६७ प्रतिशतले विद्युत् चुहावट घटेको केन्द्रकाे भनाइ छ । 

हेटौँडा क्षेत्रमा गत आव २०७९/८० मा ६.६७ प्रतिशत विद्युत् चुहावट हुँदै आएकामा आव २०८०/८१ मा विद्युत् चुहावट १ प्रतिशतमा झरेको विद्युत् प्राधिकरण वितरण केन्द्र हेटौँडाका प्रमुख शिवराम यादवले दाबी गरे ।   

उनका अनुसार आव २०८०/८१ मा विद्युत् चुहावट नियन्त्रण अभियानका क्रममा चुहावट गर्ने ग्राहकमाथि कारबाही गर्दा २ लाख २९ हजार ३७९ महसुल संकलन भएको छ ।

यस्तै लामो समयदेखि विद्युत् महसुल नतिर्ने २ हजार १९६ जना ग्राहकको विद्युत् लाइन काटिँदा २ हजार ११७ ग्राहकले पुनः विद्युत् जडान गराएको र त्यसबाट ५ करोड ६५ लाख ८० हजार ४४३ बक्यौता असुली भएको प्रमुख यादवले बताए । 

विद्युत् मिटर लिएर बिजुली उपभोग गर्ने तर लामो समयसम्म महसुल नबुझाउने प्रवृत्ति बढेकाले विद्युत् लाइन काट्ने अभियान चलाएको उनको भनाइ छ ।

अभियान शुरू भएपछि महसुल सङ्कलनमा सुधार भएको छ । आव २०८०/८१ मा सो कार्यालयले  २ अर्ब ५४ करोड ५७ लाख ५ हजार ५२३ मूल्य बराबरको विद्युत् बिक्री हुँदा २ अर्ब ४२ करोड ४३ लाख ३१ हजार ३२५ महसूल सङ्कलन भएको प्रमुख यादवले जानकारी दिए । उक्त कार्यालयमा ७७ हजार ७६० ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३