विद्युत अपडेट

  • प्राधिकरण : ४८३५ मे.वा.घन्टा
  • सहायक कम्पनी : २२९४ मे.वा.घन्टा
  • निजी क्षेत्र : ९४२८ मे.वा.घन्टा
  • आयात : १६३४७ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : १९५० मे.वा.घन्टा
  • ऊर्जा माग : ३४८५४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८८५ मे.वा.
२०८० चैत १६, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । जलवायु परिवर्तनको असर न्यूनिकरणका मुद्दालाई पक्ष राष्ट्रहरूले अवलम्बन गर्दै जलविद्युत उपभोगमार्फत हरित विश्व निर्माण गर्ने विश्वव्यापी बहस तथा छलफल भइरहँदा यसैसँग जोडेर नेपालमा जलविद्युत सम्बन्धी दुई दिने अन्तर्राष्ट्रिय सम्मेलन हुन लागेको छ ।

दुषित ऊर्जा विस्थापित गरी जलविद्युत एवम् हरित ऊर्जा उपभोग गरौं भन्ने मर्मलाई आत्मसाथ गर्दै नेपाल हाइड्रो पावर संघ (एनएचए) ले अन्तर्राष्ट्रिय हाइड्रो पावर संघ (आइएचए) सँगको सहकार्यमा आगामी भदौ २७ र २८ गते उक्त सम्मेलन गर्न लागेको हो । दक्षिण एसियाली तथा युरोप र अमेरिकादेखिका जलविद्युत क्षेत्रमा लामो समयदेखि काम गरेका व्यवसायी, लगानीकर्ता एवम् विद्वानहरूको उपस्थिति रहने सम्मेलनमा अष्टे«लियाका पूर्वप्रधानमन्त्री मालकोल्म टर्नबलको सहभागिता रहने एनएचएका महासचिव अरुण रजौरियाले बताए ।

‘विश्वमा अब हरित ऊर्जाको विकल्प देखिएको छैन, यसका लागि जलविद्युत नै पहिलो र अन्तिम भरपर्दो स्रोत हो,’ उनले ऊर्जा खबरसँग भने, ‘नेपाल जलविद्युत उत्पादनको अपार सम्भावना रहेको मुलुक हो, यही कारण विश्वका लगानीकर्ताको ध्यान यसतर्फ आकर्षित गर्न पनि हामीले यो सम्मेलन गर्न लागेका हौं ।’ जलवायु परिवर्तनका कारण खोला तथा नदीमा पानीको बहाव घट्ने क्रम रहेकाले जतिसक्दो चाँडो नेपालले जलविद्युतको सम्भाव्यतालाई सदुपयोग गर्न जरुरी रहेको हुँदा पनि सम्मेलन आवश्यक देखिएको उनको भनाइ छ ।

रजौरियाका अनुसार उक्त दुई दिने सम्मेलनमा उद्घाटनसमेत गरी ५ वटा सत्र सञ्चालन हुनेछन् । उद्घाटन सत्रमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री पम्फा भुसाल, अष्ट्रेलियाका पूर्वप्रधानमन्त्री टर्नबल र आइएचएका प्रमुख कार्यकारी अधिकृत (सिइओ) एडी रिचले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । यो सँगै पहिलो दिन जलविद्युत सम्बन्धी नीति तथा खुला क्षेत्रीय जलविद्युत व्यापार दुई सत्र सञ्चालन हुनेछन् ।

क्षेत्रीय जलविद्युत व्यापार शीर्षकको सत्रमा भारत, बंगलादेश, भुटान, पाकिस्तान र अफगानिस्तानका प्रतिनिधिहरूको सहभागिता रहने पनि रजौरियाले जानकारी दिए । जसमा विश्व बैंकको समन्वय र जल तथा ऊर्जा आयोगको सचिवालयका सचिव दिनेशकुमार घिमिरे एवम् आइएचएका रोजर गिलको महत्त्वपूर्ण भनाइ रहनेछ ।

यसैगरी, दोस्रो दिन जलविद्युतको मापददण्ड र निजी क्षेत्रको लगानी शीर्षकमा सत्र सञ्चालन गरिने छ’ युरोपियन इन्भेष्टमेन्ट बैंक (इआइबी) को समन्वयमा ऊर्जा, जलस्रोत तथा सिँचाइ सचिव सुशीलचन्द्र तिवारी, दिगो जलविद्युत परिषद्का अध्यक्ष अशोक खोस्ला, लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्टको अर्थपूर्ण प्रस्तुति हुनेछ । साथै, निजी क्षेत्रको लगानीका सन्दर्भमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) का प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमको विशेष प्रस्तुति रहने समेत रजौरियाले जानकारी दिए ।

थप जानकारीका लागि तलकाे लिंक र फाइल डाउनलाेड गर्नुहाेस्

https://urjakhabar.com/uploads/International%20conference%20Sponsorship%20r1.pdf

 

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit