विद्युत अपडेट

  • प्राधिकरण : ९६९७ मे.वा.घन्टा
  • सहायक कम्पनी : २१४९ मे.वा.घन्टा
  • निजी क्षेत्र : २७५४८ मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : ८०६६ मे.वा.घन्टा
  • ट्रिपिङ : ८० मे.वा.घन्टा
  • ऊर्जा माग : ३९४७४ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३० मे.वा.
२०८१ माघ २, बुधबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । सर्वसाधारणले मिड सोलु हाइड्रो पावर लिमिटेडको सेयर आवेदन दिने आज अन्तिम दिन हो । कम्पनीले सर्वसाधारणका लागि भदौ २९ गतेदेखि खुल्ला गरेको सेयर आवेदन अवधि आज साँझ ५ बजेबाट सकिन लागेको हो । 

सर्वसाधारणका लागि ६ करोड २१ लाख १७ हजार २ सय रकम बराबरको सय रुपैयाँ अंकित ६ लाख २१ हजार १ सय ७२ कित्ता सेयर निष्कासन गरेको कम्पनीले जनाएको छ  । कम्पनीका अनुसार पहिलो चरणमा प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा गएका नेपाली नागरिकका लागि छुट्याएको सेयर निष्कासन तथा बाँडफाँड गरी दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गरेको हो । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ता सम्म आवेदन दिन पाउनेछन् । कम्पनीको सेयर निष्कासन गरी बाँडफाँड गर्न एनआइसी एसिया क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धक तोकिएको छ । कम्पनीले सोलुखुम्बुमा ९.५ मेगावाटको मध्य सोलु खोला जलविद्युत आयोजना निर्माण गरिरहेको छ । 

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३