काठमाडौँ । भगवती हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडको गत आर्थिक वर्ष (आव) को मुनाफाबाट लाभांस घोषणा भएको छ ।
कम्पनीको सञ्चालक समितिको बैठकको निर्णय अनुसार आव २०८०/८१ खुद मुनाफा र सन्चित मुनाफाबाट शेयरधनीहरूलाई कम्पनीको चुक्ता ५७ करोड २० लाख ६४ हजार ७०० रूपैयाँ रहेको छ ।
कम्पनीको बैठकले १०.७३६८ प्रतिशतले हुन आउने ६ करोड १४ लाख २१ हजार ६८४.२१ रुपैयाँ नगद लाभांश र ४ प्रतिशत बोनस शेयर वितरण गर्ने निर्णय गरेको छ । उक्त रकममा बोनस शेयरमा लाग्ने करसमेत जोडिएको छ ।
यसका साथै कम्पनीले २४ औँ वार्षिक साधारण सभा आगामी असोज १६ गते बुधबार हुने बताइएकाे छ ।