विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । नेपाल विद्युत प्राधिकरणका उच्च क्षमताका २७ सबस्टेसन निर्माणाधीन छन् । प्राधिकरणले विद्युतको प्रसारण प्रणाली सुधार तथा गुणस्तरीय विद्युत सेवा दिन विभिन्न प्रसारण लाइन आयोजना अन्तर्गत नयाँ सबस्टेसन निर्माण गरिरहेको हो ।

देशको विद्युत प्रणाली सुधार गर्न विभिन्न ठाउँमा उच्च क्षमताका २७ ग्रीड सबस्टेसन निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ । जसमा १३२ केभी, ४०० केभी र २२० केभी क्षमता छन् ।

४०० केभी क्षमताका २ सबस्टेसन, २२० केभी क्षमताका १० सबस्टेसन, १३२ केभी क्षमताका १५ सबस्टेसन निर्माणाधीन रहेको प्राधिकरणले जनाएको छ । ४०० केभी क्षमताका हेटौडा–ढल्केबार–इनरुवा लाइन अन्तर्गत हेटौडा र इनरुवा सबस्टेसन निर्माणाधीन छन् ।

२२० केभी क्षमताका चिलिमे, त्रिशुली ३ बी हब, न्यू खिम्ती, तुम्लिङटार, बानेश्वर, बसन्तपुर, हेटौडा, इनरुवा, सितपाटी, धरान सबस्टेसन निर्माणाधीन रहेको प्राधिकरणको तथ्याङ्कमा छ । 

इस्तै, १३२ केभी क्षमताका कुशहा, किर्तीपुर, मैनहिया, बुर्तिभाङ, पौडी आरमै, तामघास, विराटनगर, सुनवाल, ढुङ्गेसाँघु, लोहरपट्टि, रिडी, सालिमपुर, बालगंगा हाकुइ, मलेखु सबस्टेसन निर्माणाधीन रहेको प्राधिकरणको ‘प्रसारण÷आयोजना व्यवस्थापन निर्देशनालय’ पुस्तकमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit