विद्युत अपडेट

  • प्राधिकरण : ९२६७ मे.वा.घन्टा
  • सहायक कम्पनी : १८३९८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ४५८२० मे.वा.घन्टा
  • आयात : मे.वा.घन्टा
  • निर्यात : २३६७९ मे.वा.घन्टा
  • ट्रिपिङ : मे.वा.घन्टा
  • ऊर्जा माग : ७३४८५ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : ३२६१ मे.वा.
२०८३ भदौ ४, बिहिबार
×
जलविद्युत् सोलार वायु बायोग्यास प्रसारण पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन इभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष

काठमाडौं । जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्रको कार्यकारी निर्देशकमा सञ्जिव बराल नियुक्त भएका छन् । नवनियुक्त कार्यकारी निर्देशक बरालले आज भदौ ३ गते बबरमहलस्थित केन्द्रको कार्यालय पुगेर औपचारिक रूपमा पदभार ग्रहण गरेका छन् ।

साविकको जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्र र जल तथा मौसम विज्ञान विभागअन्तर्गतका जलविज्ञान सम्बन्धी शाखा तथा महाशाखा एकीकृत गरी 'जल तथा ऊर्जा आयोग' पुनर्गठन गरिएको छ । यही आयोग सचिवालयअन्तर्गत केन्द्रको स्थापना गरिएको हो । हाल केन्द्रअन्तर्गत धरान, पोखरा, कोहलपुर र अत्तरियामा जलविज्ञान कार्यालय सञ्चालनमा छन् ।

यसअघि जलस्रोत तथा सिँचाइ विभागको महानिर्देशकमा समेत भइसकेका बरालले सो पद सम्हाल्नुअघि बागमती प्रदेशको सचिवका रूपमा १३ महिना काम गरेका थिए । त्यसअघि उनले राष्ट्रिय गौरवको भेरी–बबई बहुउद्देश्यीय आयोजनामा २६ महिना आयोजना निर्देशक र २० मेगावाटको बूढीगंगा जलविद्युत् आयोजनाको प्रमुखको रूपमा कुशलतापूर्वक नेतृत्व सम्हालेका थिए ।

तत्कालीन ऊर्जा मन्त्रालयको इन्जिनियरका रूपमा सेवा प्रवेश गरेका बरालसँग तत्कालीन जलविद्युत् लगानी तथा विकास कम्पनी (एचआईडिसिएल), नेपाल विद्युत् प्राधिकरण र बुटवल पावर कम्पनीमा काम गरेको अनुभव छ ।

ऊर्जा तथा जलस्रोत क्षेत्रमा करिब १८ वर्षको अनुभव सँगालेका बराल अध्ययनशील र जुझारु प्रशासक मानिन्छन् । उनले पुल्चोक क्याम्पसबाट जलस्रोत विधामा स्नातकोत्तर, एस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट एमबिए र सन् २०१६-१७ मा अमेरिकाको कर्नेल विश्वविद्यालयबाट ‘हबर्ट एच हमफेरी फेलोसिप’ पूरा गरेका छन् ।

'सुप्रबल जनसेवा श्री' बाट विभूषित बराल नेपाल इन्जिनियर्स एसोसिएसनद्वारा प्रदान गरिने ‘युवा व्यावसायिक अवार्ड– २०१२’ र विभागको ६६औं वार्षिक उत्सवमा ‘उत्कृष्ट वर्ष कर्मचारी’बाट सम्मानित भइसकेका छन् । लेखन र अध्यापनमा समेत सक्रिय उनका ‘इन्जिनियरिङ हाइड्रोलोजी’ र ‘फन्डामेन्टल अफ हाइड्रोपावर इन्जिनियरिङ’ नामक दुई पुस्तक प्रकाशित छन् ।

के हो केन्द्र ?

नेपाल जलस्रोतका दृष्टिले अपार सम्भावना बोकेको मुलुक भए तापनि जलवायु परिवर्तन, बाढी, पहिरो, खडेरी, गेग्रान प्रवाह र हिमताल विस्फोटन जस्ता जलजन्य जोखिमहरू तीव्र रूपमा बढ्दै गएका छन् । यस्ता उदीयमान चुनौतीको सामना गर्दै जलस्रोतको दिगो, समन्वयित र जोखिम-संवेदनशील व्यवस्थापन गर्न नेपाल सरकार (कार्य विभाजन नियमावली, २०८३) बमोजिम साविक जल तथा मौसम विज्ञान विभागको जलविज्ञान तर्फका महाशाखा तथा शाखा र जलस्रोत तथा ऊर्जा अनुसन्धान केन्द्रलाई एकीकृत गरी जल तथा ऊर्जा आयोगको सचिवालय मातहत राखिएको छ ।

केन्द्रले नेपालका हिमाली नदी प्रणाली, हिमनदी, भूमिगत जल र जलाधारहरूको वैज्ञानिक मापन, अनुगमन, प्रशोधन तथा केन्द्रीय डाटा प्रणालीमार्फत विश्वसनीय जलविज्ञान सूचनाको व्यवस्थापन गर्नेछ । साथै संयुक्त राष्ट्र संघको 'Early Warning for All' अवधारणा र एकीकृत जलस्रोत व्यवस्थापनको सिद्धान्तअनुरूप बाढी, पहिरो तथा बहु-विपद्को वास्तविक-समय पूर्वसूचना प्रणालीको विकास र विस्तार गरी नागरिकसम्म पुर्‍याउने कार्यलाई प्राथमिकतामा राखेको छ ।

केन्द्रले Remote Sensing, Satellite Imagery र Artificial Intelligence जस्ता आधुनिक प्रविधिको प्रयोग, राष्ट्रिय जलस्रोत प्रयोगशालाको स्तरोन्नति, भौतिक तथा गणितीय मोडलिङ र उच्चस्तरीय वैज्ञानिक तालिममार्फत राष्ट्रिय क्षमता अभिवृद्धि गर्नेछ ।

संविधान, राष्ट्रिय जलस्रोत नीति तथा अन्तर्राष्ट्रिय मापदण्डहरूसँग सामञ्जस्य कायम गरी तयार पारिएको पाँच वर्षे रणनीतिक योजना (२०२६–२०३१) मार्फत केन्द्रले अनुसन्धानमूलक संस्कृतिको विकास र जलवायु अनुकूलन पूर्वाधार निर्माणमा जोड दिएको छ । यस रणनीतिक योजनामार्फत नेपालमा जलविज्ञान अनुसन्धानको राष्ट्रिय नेतृत्व गर्दै सन् २०३१ सम्ममा यस केन्द्रलाई नेपालको उत्कृष्ट संस्था र दक्षिण एसियाकै अग्रणी वैज्ञानिक संस्थाको रूपमा स्थापित गर्ने दीर्घकालीन लक्ष्य राखिएको छ ।

प्रतिक्रिया दिनुहोस

© 2026 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३