विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । राष्ट्रिय गौरबको ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाले आगामी भदौदेखि पूर्ण क्षमतामा विद्युत उत्पादन गर्ने भएको छ । अबको २ महिनामा ६ वटै युनिट सञ्चालनमा आएपछि आयोजनाबाट पूर्ण क्षमतामा विद्युत उत्पादन हुने भएको हो ।

अहिले आयोजनाको २ वटा युनिटबाट १५२ मेगावाट विद्युत उत्पादन भइरहेको छ । साउनभित्र थप २ वटा युनिट सञ्चालन गर्ने तयारी भइरहेको प्रवर्द्धक अप्पर तामाकोसी हाइड्रो पावर कम्पनीका प्रमुख कार्यकारी अधिकृत विज्ञान प्रसाद श्रेष्ठले बताए ।

‘पहिलो र दोस्रो युनिट सञ्चालनमा आइसकेका छन्,’ उनले ऊर्जा खबरसँग भने, ‘थप २ वटा युनिट पनि साउनभित्र सञ्चालन गर्ने तयारी गरिरहेका छौं ।’ उनले अबको १ महिनामा थप १५२ मेगावाट विद्युत उत्पादन प्रणालीमा थप भई आयोजनाबाट ३०४ मेगावाट विद्युत उत्पादन हुने बताए ।

अब २ साताको फरकमा तेस्रो र चौंथो युनिट सञ्चालन गरिने उनले बताए । पाँचौं र छैटौं युनिट भदौभित्र सञ्चालन गर्ने योजना छ । यी दुई युनिट सञ्चालनमा आएपछि मात्रै आयोजनाले ४५६ मेगावाट विद्युत उत्पादन गर्नेछ ।

अहिले पहिलो र दोस्रो युनिटले पूर्ण क्षमतामा परीक्षण उत्पादन गरिरहेका छन् । दुवै युनिटको गरी १५२ मेगावाट विद्युत प्रसारण प्रणालीमा जोडिएको छ । पहिलो युनिट असार २१ गते तथा दोस्रो युनिट असार २९ गते प्रसारण प्रणालीमा जोडिएको थियो ।

आयोजनाले उत्पादन गरेको विद्युत विद्युतगृहदेखि २२० केभी गोंगर–खिम्ती डबल सर्किट प्रसारण लाइनबाट न्यू खिम्ती सबस्टेसनसम्म तथा त्यहाँबाट २२० केभी खिम्ती–ढल्केबर प्रसारण लाइनमार्फत ४००/२२० केभी ढल्केबर सबस्टेसनसम्म लगिएको छ ।

केही दिनको परीक्षणपछि आइतबारदेखि दोस्रो युनिटबाट पनि पूर्ण क्षमतामा विद्युत उत्पादन भइरहेको श्रेष्ठले जानकारी दिए । बाँकी युनिटको पनि प्रसारण प्रणालीमा जोड्नुअघि गर्नु पर्ने परीक्षण भएरहेको कम्पनीले जनाएको छ ।

आयोजनाले सबैभन्दा सुख्खा समयमा दैनिक कम्तीमा ४ घन्टा पूर्ण क्षमता (४५६ मेगावाट) उत्पादन गर्नेछ । रोल्वालिङ खोलाको पानी मिसाएर उत्पादन बढाउने योजना पनि कार्यान्वयन भइरहेको छ । 

यसो हुँदा विद्युतकाे उच्च माग हुँदा दैनिक १ घन्टा पूर्ण क्षमतामा उत्पादन हुने आयोजनाले जानकारी दिएको छ । यो आयोजनाबाट वार्षिक औसत २ अर्ब २८ करोड १० लाख युनिट उत्पादन हुनेछ ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit