काठमाडौं । साङ्गे विद्युत कम्पनी लिमिटेडले आफ्ना सेयरधनी सदस्यलाई १ः८ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने तयारी गरेको छ । कम्पनीको जेठ २६ गते बसेको सञ्चालक समितिको बैठकले सेयरधनी सदस्यलाई हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो ।
सेयरधनी सदस्यका लागि १ः८ को अनुपातमा प्रति सेयर ५० का दरले २३ लाख ६८ हजार १ सय ३३ कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सेयरधनी सदस्यले असार १९ गतेदेखि साउन २२ गतेसम्म आवेदन दिन सकिनेछ ।
सेयरधनीले आफ्नो हक वा सो भन्दा बढी सेयर खरिद गर्न आवेदन दिन पाउने छन् । कबुल नगरिएकोे सम्पूर्ण हकप्रद सेयरहरू बढी सेयर खरीदका लागि आवेदन दिने सेयरधनीलाई निजको सेयर अनुपातमा बिक्री वितरण गरिनेछ । दरखास्त फारम साङ्गे विद्युत कम्पनी लिमिटेडको कार्यलय व्लुस्टार कम्प्लेक्स, त्रिपुरेश्वारबाट प्राप्त र त्यही बुझाउन सकिनेछ ।