विद्युत अपडेट

  • प्राधिकरण : ९१२८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३४१८ मे.वा.घन्टा
  • निजी क्षेत्र : ११७९५ मे.वा.घन्टा
  • आयात : १२७४१ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : ३१८५ मे.वा.घन्टा
  • ऊर्जा माग : ४०२६७ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १९७० मे.वा.
२०८१ ब‌ैशाख २१, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले निर्माण गरेको बर्दघाट–सर्दी १३२ केभी डलल सर्किट प्रसारण लाइन सञ्चालन आएको छ । नवलपरासीमा निर्माण भएको उक्त १९ किलोमिटर लामो प्रसारण लाइन चैत ६ गते (मंगलबार)देखि सञ्चालनमा आएको हाे । 

७ वर्षअघिदेखि निर्माण सुरु भएको लाइन आजदेखि सञ्चालनमा आएको आयोजना प्रमुख हरि पाण्डेले बताए । बर्दघाट १३२/११ केभी सस्टेसनदेखि बर्दघाट नगरपालिका–२ र ५ मा पर्ने बन्डा खोला, दाउन्ने धार्मिक वन, घिउ खोला सामुदायिक वन, विनयीत्रिवेणी गाउँपालिका–२, खुमल्टार हुँदै सर्दीमा रहेको होङ्गसी सिमेन्ट उद्योगसम्मको क्षेत्रमा पर्ने प्रसारण लाइन निर्माण गरिएको हो ।

आयोजना प्रमुख पाण्डेका अनुसार यो प्रसारण लाइन सञ्चालनमा आएपछि खासगरी नवलपरासीका औद्योगिक ग्राहकलाई विद्युत आपूर्ति सहज हुनेछ । यो प्रसारण लाइन समयमा पूरा नहुँदा यस चिनियाँ लगानीको ठूलो होङ्सी शिवम् सिमेन्टलाई वैकल्पिक व्यवस्था गरेर लाइन दिनुपरेको थियो ।

होङ्सीले हाल वैकल्पिक व्यवस्था मार्फत लिइरहेको ३० मेगावाट विद्युत् अब यही लाइनबाट लिने छ । यो लाइनबाट होङ्सीले मात्रै मासिक करिब १५ करोड रुपैयाँको बिजुली किनिरहेको छ । उद्योग स्थापनाको चरणमा होङ्सीले यो लाइनबाट कुल ८३ मेगावाट बिजुली लिने प्रतिबद्धता जनाएको थियो । तर, पछिल्लो समय नेपालमा आर्थिक मन्दीका कारण निर्माण क्षेत्र ठप्प हुँदा सिमेन्टको माग घटेको छ । यसले उद्योगहरूले उत्पादन कटौती गर्नुपरिरहेको अवस्था छ । त्यसो हुँदा होङ्सीले पनि क्षमता वृद्धिको योजनालाई थाती राखेको छ ।

ठूला उद्योगमा पानी र बिजुली पुर्‍याइदिनुपर्ने नीति अन्तर्गत उद्योग मन्त्रालयको बजेट लगानीमा होङ्सी सिमेन्टलाई बिजुली पुर्‍याउन यो लाइनको निर्माण सुरु गरिएको थियो । २०७४/७५ बाट निर्माण सुरु भएको यो प्रसारण लाइन ७ वर्षमा पूरा भएको हो । आयोजनाको निर्माण लागत बरिब ६५ करोड रुपैयाँ रहेको आयोजना प्रमुख पाण्डेले बताए ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit