काठमाडौं । नेपाल हाइड्रो डेभलोपर लिमिटेडले आफ्ना सेयरधनी सदस्यलाई बोनस सेयर र लाभांश वितरण गर्ने घोषणा गरेको छ । सञ्चालक समितिको पुस १ गते बसेको बैठकले सेयरधनी सदस्यलाई बोनस सेयर र लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
कम्पनीका अनुसार चुक्ता पुँजीको ५ प्रतिशतका दरले हुन आउने १ करोड ५९ लाख ९६ हजार ५ सय बोनस सेयर दिन लागको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार चुक्ता पुँजीको ०.२६३२ प्रतिशतका दरले हुन आउने ८ लाख ४१ हजार ९ सय २१ रुपैया नगद लाभांश वितरण गर्न साधारण सभा आह्वान गरेको छ । सभाबाट प्रस्ताव पारित हुने लगतै सेयरधनी सदस्यलाई बोनस सेयर र लाभांश वितरण गर्ने पनि कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार वार्षिक प्रतिवेदन, वित्तीय विवरण, नाफा/नोक्सान, नगद प्रबाह लगायत विषयमा छलफल गरी पारित गर्नेछ । साथै, आर्थिक वर्ष २०७९/८० को लागि लेखा परीक्षक नियुक्त गरी पारिश्रमिक समेत निर्धारण गर्ने जनाइएको छ । कम्पनीले आयोजना गरेको सधारण सभा पुस २९ गते विहान ११ बजे लिसारा रिसेप्सनमा नक्सालमा हुनेछ ।