विद्युत अपडेट

  • प्राधिकरण : ७२८८ मे.वा.घन्टा
  • सहायक कम्पनी : ३०७८ मे.वा.घन्टा
  • निजी क्षेत्र : १४३१६ मे.वा.घन्टा
  • आयात : ११५९२ मे.वा.घन्टा
  • निर्यात : मे.वा.घन्टा
  • ट्रिपिङ : २२३५ मे.वा.घन्टा
  • ऊर्जा माग : ३८५०९ मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : १८३८ मे.वा.
२०८१ ब‌ैशाख ७, शुक्रबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय ई-पेपर जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौं । कास्कीको मादी खोलामा १२ मेगावाटको नामार्जुन मादी जलविद्यूत आयोजना निर्माण गरी सञ्चालनमा ल्याएको हिमालयन हाइड्रो पावर कम्पनीले आगामी (असार) १५ गतेदेखि १९ लाख कित्ता सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधरणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागेको हो । 

आयोजना प्रभावित स्थानीय बासिन्दालाई छुट्याएको सेयर बाँडफाँड गरी बिक्री हुन बाँकी रहेको ६ लाख १९ हजार २५० कित्ता सहित साधारण सेयर निष्कासन गर्ने तयारी भइरहेको कम्पनीले जनाएको छ । कम्पनीका अनुसार सय रुपैयाँ अंकित १९ लाख ६८ हजार २ सय ५० कित्ता सेयर सर्वसाधरणका लागि निष्कासन गरिनेछ । 

कम्पनीको सेयर खरिदका लागि सर्वसाधरणले छिटोमा असार १९ गतेसम्म र ढिलोमा असार २९ गतेसम्म आवेदन दिनुपर्नेछ । कम्पनीको सेयर निष्कासन तथा बाँडफाँड गर्न ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक तोकिएको छ । 

सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकत्तम १ हजार कित्ता सम्म आवेदन दिन सकिनेछ । पहिलो चरणको आयोजना प्रभावित स्थानीयका लागि छुट्याएको सेयर बाँडफाँड गरिसकेपछि दोस्रो चरणमा सर्वसाधरणका लागि छुट्याएको साधारण सेयर निष्कासन गर्न लागिएको हो ।

प्रतिक्रिया दिनुहोस

© 2024 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३
Site By : Nectar Digit