विद्युत अपडेट

  • प्राधिकरण : ७१८९ मे.वा.घन्टा
  • सहायक कम्पनी : ८२९० मे.वा.घन्टा
  • निजी क्षेत्र : २५८८२ मे.वा.घन्टा
  • आयात : ६६९ मे.वा.घन्टा
  • निर्यात : ३३०५ मे.वा.घन्टा
  • ट्रिपिङ : १७० मे.वा.घन्टा
  • ऊर्जा माग : ४२२०० मे.वा.घन्टा
  • प्राधिकरण : मे.वा.
  • सहायक कम्पनी : मे.वा.
  • निजी क्षेत्र : मे.वा.
  • आयात : मे.वा.
  • निर्यात : मे.वा.
  • ट्रिपिङ : मे.वा.
  • उच्च माग : २२८० मे.वा.
२०८२ पुस १४, सोमबार
×
जलविद्युत सोलार वायु बायोग्यास पेट्रोलियम अन्तर्राष्ट्रिय जलवायु ऊर्जा दक्षता उहिलेकाे खबर हरित हाइड्रोजन ईभी सम्पादकीय बैंक पर्यटन भिडियो छापा खोज प्रोफाइल ऊर्जा विशेष ऊर्जा

काठमाडौँ । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इपान) ले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई भेटेर विद्युत् व्यापार र प्रसारण लाइन निर्माण सहकार्य गर्ने प्रस्ताव राखेको छ । बिहीबार कार्यकारी निर्देशक शाक्यलाई भेट्न प्राधिकरणको केन्द्रीय कार्यालय पुगेको इपान टोलीले निजी क्षेत्र प्रसारण लाइन निर्माण तथा विद्युत् व्यापारका लागि प्राधिकरणसँग सहकार्य गर्न तयार रहेको उल्लेख गर्दै त्यसका लागि वातावरण निर्माण गर्न आग्रह गरेको हो ।

निजी क्षेत्र र प्राधिकरणसँगको सहकार्यमा अघि बढाइएका प्रसारण लाइनको निर्माण छिटो सम्पन्न हुने चरणमा रहेको उल्लेख गर्दै अन्य आयोजनामा पनि सहकार्य गर्न इपानले आग्रह गरेको छ । त्यस्तै, प्राधिकरणले स्थापना गरेको विद्युत् व्यापार कम्पनीको सेयर स्वामित्व निजी क्षेत्रलाई समेत दिएर विद्युत् व्यापारमा सहकार्य गर्ने इपानको प्रस्ताव छ । 

इपान अध्यक्ष गणेश कार्कीले प्रसारण लाइन अभावका कारण ठूलो समस्या भोगेको उल्लेख गर्दै निजी क्षेत्र प्राधिकरणसँग मिलेर सहकार्य गर्न तयार रहेको बताए । उनले विद्युत् व्यापारका लागि निजी क्षेत्रलाई अनुमतिपत्र नदिँदासम्म प्राधिकरणको व्यापार कम्पनीमा निजी क्षेत्रलाई सहभागी गराएर व्यापार अघि बढाउन सकिने बताए । उनले विद्युत् खरिद–बिक्री सम्झौता (पिपिए) तुरुन्तै खुला गर्न, आरसिओडी म्याद थप गर्नुपर्ने, कन्सल्टेन्सी व्यवस्था खारेज गर्नुपर्ने र हाइड्रोलोजी पेनाल्टी खारेज गर्नुपर्ने माग राख्दै यस्ता माग तुरुन्तै सम्बोधन गर्नुपर्ने बताए । 

इपानका वरिष्ठ उपाध्यक्ष मोहनकुमार डाँगीले निजी क्षेत्र र प्राधिकरण सँगै अघि बढ्दा मात्र ऊर्जा क्षेत्रको विकास हुने बताए । छलफलमा इपान उपाध्यक्ष उत्तम ब्लोन लामा, महासचिव बलराम खतिवडा, उपमहासचिव प्रकाशचन्द्र दुलाल लगायतले विद्युत् प्राधिकरणले उपयुक्त मोडल ल्याएर निजी क्षेत्रलाई प्रसारण लाइन निर्माणमा सहभागी गराउनुपर्ने बताए । 

कार्यकारी निर्देशक शाक्यले निजी क्षेत्रले समयमै प्रसारण लाइन निर्माण गर्न सक्ने अवस्था रहेको बताउँदै निजी क्षेत्र र प्राधिकरणले संयुक्त रूपमा प्रसारण लाइन निर्माण गर्ने अभ्यास सुरु भइसकेकोले यसलाई अघि बढाउनुको विकल्प नभएको बताए । 

‘प्रसारण लाइनको समस्या सबैभन्दा बढी देखिएको छ,’ उनले भने, ‘यसको कारण कन्टिजेन्सी लगायतका समस्या आएको हो । प्रसारण लाइन निर्माणले धेरै समस्या समाधान हुन्छ ।’ प्राधिकरणसँग पर्याप्त बजेट नभएको बेलामा निजी क्षेत्रको लगानी ल्याउन सकिए प्रसारण पूर्वाधार निर्माणको मुख्य समस्या समाधान हुने उनको भनाइ छ । 

उनले निजी क्षेत्रलाई विद्युत् व्यापारमा सहभागी गराएर उत्पादन र खपतबीचको सन्तुलन मिलाउनुपर्ने बताए । विद्युत् प्राधिकरणको व्यापार कम्पनीमा निजी क्षेत्रको सहभागिताबारे भने अध्ययन गर्ने उनको भनाइ छ । विद्युत् व्यापार कम्पनीलाई सक्रिय बनाउन लागिएको पनि जानकारी उनले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस

© 2025 Urja Khabar. All rights reserved
विज्ञापनको लागि सम्पर्क +९७७-१-५३२१३०३